केबि महरा/ काठमाडौ : शोलुखुम्बु दुधकुण्ड नगरपालिका-६ कि ३० बर्षिया डोमा घताने बिस्वकर्मा जीवन मरणको दोसाँधमा रहेकी छिन् । उनको ६ महिना अघि सुत्केरी हुँदा सोलुखुम्बु स्थित फाप्लु अस्पतालमा सल्यक्रिया गराउने क्रममा पेट भित्रै टालो छोडिएको थियो । उक्त लापरवाही सल्यक्रियामा संलग्न डा. दिलिप कुमार शाहले गरेको आरोप लागेको छ ।

सल्यक्रिया गरि बच्चा जन्माएको केही समय पछि डोल्मा घतानेको स्वास्थमा एक्कासि समस्या आएको थियो। त्यस पछि थप उपचारका लागि भन्दै उनलाई काठमाडौको स्तुपा कम्युनिटी हस्पिटलमा रेफर गरिएको थियो ।जहाँ कम्युनिटि अस्पतालका डाक्टरले समेत बिरामिको ४ पटक सम्म लगातार अप्रेशन गरेका थिए र अन्तमा उपचारमा संलग्न कम्युनिटी अस्पतालका डाक्टर आशिष् राज भण्डारिले उनको यहाँ उपचार हुन नसक्ने भन्दै डोमालाई अन्तै जान भनिएको थियो ।

हाल उनी जीवन मरणको दोसाँधमा छटपटाईरहेकीले उनलाई न्याय दिलाउन र उनको जीवन बचाउन भन्दै सामाजिक अभियन्ताहरुले अपिल गरेका छन् ।

मेडिकल माफिया र नक्कली लाईसेन्स लिएका डाक्टरहरुका कारण गरिब जनताको स्वास्थ्य माथी गम्भीर खेलवाड गरिएको भन्दै अभियन्ता ज्वाला संग्रौला लगायतले सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् तर पनि सरकारले उक्त बिषय प्रती गम्भीर भएर चासो नदेखाएको भन्दै सरकारको निन्दा समेत गरेका छन् ।

जबकी नेपालको संबिधानले हरेक नागरिकको सुरक्षित मातृत्व तथा प्रजन स्वास्थ्य सम्बन्धी ग्यारेन्टी हुने ब्यबस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय