झापाको दमकमा दिनदाहाडै नाट्कीय शैलीमा लुटपाट भएको छ । दमक ५ स्थित एक पसलमा मंगलवार बिहान ९ बजे नाटकीय लुटपाट भएको बताईएको छ ।

एउटा पसलमा ग्राहक बनेर आएका एक युवाले पसलमा रहेकी महिलालाइ सामान झिक्ने क्रममा पछाडि ढुँगाले हानेर घांइते बनाइ सिक्रि र मोवाइल लुटेर लगेको प्रहरीले जनाएको छ ।

हातमा लगाएको ब्रासेट पनि लुटन खोजेपनि प्रतिकार गरेपछि त्यो भने लुट्न नपाएको बताईएको छ । दमक ५ मा पसल गर्दै आउनु भएकी अनु दंगालको पसलबाट लुटपाट भएको हो ।

सडकमा ओहोर–दोहोर नभएको मौका छोपेर आएको लुटेराले दंगालसंग बिस्कुट मागेको र बिस्कुट झिक्न खोज्दा ढुंगाले हानेर घाइते बनाइ लुटपाट गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए । उक्त ब्याक्तिले झोलामा ढुङ्गा हालेर ल्याएको जनाईएको छ ।

प्रतिकारमा घाइते हुनु भएकी दंगालको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भएको र टाउकोमा ९ टाँचा मार्नु परेको बताईएको छ ।

अन्दाजि २०/२२ बर्ष जस्तो देखिने लुटेरासंग दंगालले प्रतिकार गरेकी थिइन् । उनि घाइते भएकीछन् । लुट्ने योजनाका साथ उक्त युवा त्यहाँ आएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । प्रहरीले लुटेराको खोजि गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah