शिक्षा

कोरोना संक्रमण बढेपछि काठमाडौं विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन पढाइ


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र २६, १४:०४

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ । बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ । विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने निर्णय गरेको छ ।

स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ । अध्ययन अध्यापन अनलाइनमार्फत भएपनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु