मुख्य खबर

आठ जिल्लामा फेरिए सीडीओ, अध्यागमन महानिर्देशकमा भट्टराई (सूचीसहित)


  काठमाडाैं   सवाल नेपाल   २०७७ चैत्र २६, १६:५९

काठमाडौं, २६ चैत । गृह–मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।

सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ ।

राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ । उप–सचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टीकापुर सरुवा गरिएको छ । गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैद्यलाई पठाइएको छ ।
हेर्नुस् सरुवा सूची

 

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु