ल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार साँझ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्ला वर्षा भएको थियो भने जसका कारण तुवाँलोमा केही कमी आएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही भूभागहरुमा हल्का तुवाँलो समेत लाग्न सक्ने सम्भावना रहेको छ ।

यस्तै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। यसैगरी पहाडी भूभागका एक वा दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय