काठमाडौं, ८ असार । नेपाली कांग्रेसबाट मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिएका छन् ।

२०५४ सालमा महिला तथा समाज कल्याण सहायक मन्त्री भएका केशवबहादुर चन्द यसपटक बैतडीको पाटन नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी २०५६ सालमा दाङबाट सांसाद बनेका गेहेन्द्र गिरीले तुलीपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्, यो खबर आजको नागरिक दैनिकमा छ ।