२९ चैत, काठमाडौं । थालिस्मिया रोगबारे जनचेतना जगाउने उदेश्यले बास्तविक कथामा आधारित गित सोचे भन्दा फरक संसार दर्शकमाझ आएको हो । काठमाडौंमा एक समारोहबीच यो गितको भिडियो सार्वजनिक गरिएको छ ।  १७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपन गराई बचाउन सफल बुबा राजु केसीले यो गित लेखेका हुन् ।यो गितलाई रामकृष्ण ढकाल र अधिकारीले गाएका छन् । गितको भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गरेका छन् । आफ्नो भाई जन्मेपछि भाईबाट बोनम्यारो प्रत्यरोपण गराएर १७ वर्षलामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको बास्तविक कथा यो गितमा शब्द र भिडियोबाट प्रस्तुत गरिएको छ ।यो गितको भिडियोमा रामकृष्णसँगै अस्मिता अधिकारी, नया खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाललगायतले यसमा अभिनय गरेका छन् । भिडियो लोकार्पण समारोहमा गीतकार राजु केसीले थालिस्मिया रोगबाट छोरी ग्रस्त भएपछि १७ वर्षसम्म छोरीको उपचारमा भोगेको पीडाबारे जानकारी गराए ।यही रोगको बारेमा जानकारी दिन सोचे भन्दा फरक संसार गित तयार गरेर भिडियो ल्याएको बताए । लामो समय अमेरिका बसेर आएकी रोजिनाले आफु पूर्ण निको हुने लाखौंमा एक भएको जानकारी गराईन । उनले अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताएकी छिन् । उनी अहिले पढ्दै छिन् । यस्तै पूर्वमन्त्री हिसिया यामी, व्यबसायी तथा लेखक कर्ण शाक्य, जेसिआई नेपालका अध्यक्ष अरुणेश्वर खनाललगायतले कार्यक्रममा थालिस्मिया रोगको बारे प्रकाश पार्दै यो रोगलाई जित्न सफल रोजिना खत्रीलाई दीर्घजीवनको कामना गरे ।आइरिय मिडियाले निर्माण गरेको यो भिडियोलाई अशोक भुजेलले निर्देशन गरेका हुन् । इश्वर सिन्केमान र बिनय तामाँगले खिचेको यो भिडियोलाई आईरिस मिडियाबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah