काठमाण्डाै – चितवन र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरमा गए राति ना १ ज ६८५९ नम्बरको जीप पल्टदा अन्दाजी ४५ र ५५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । घाइते सात जनामध्ये दुई जनाको पुरानो मेडिकल कलेज, एक जनाको चितवन मेडिकल कलेज र चार जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोड नगरपालिका–६ मा आज बिहान ट्रकको ठक्करबाट अर्जुनधारा नगरपालिका–५ का ३८ वर्षका रामकान्त चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ना ४ ख ७२८९ नम्बरको ट्रकले मे ४ प ६७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा बीएण्डसी अस्पतालमा ज्यान गएको हो ।
चितवन र झापामा भएका दुर्घटनामा तीन जनाको ज्यान गयो, सात घाइते
सवालनेपालसंवाददाताआइतबार, २८ चैत २०७७

चितवन र झापामा भएका दुर्घटनामा तीन जनाको ज्यान गयो, सात घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



