मेष-धार्मिक काममा खर्च हुनेछ। मित्रको सुख मिल्ने एवम् पारिवारिक भेटघाट रहनेछ। सन्तानको सुख मिल्ने एवम् वैदेशिक सहायता आउनेछ। सरकारी एवम् पदीय जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा हुनेछ। सामुहिक काममा व्यस्तता बढ्ने एवम् कार्यभार थपिनेछ। विदेशबाट धन एवम् आफन्तजनको सहयोगमा कामको योजना बन्नेछ। खानपिन एवम् सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ। व्यापार व्यवसायमा भने प्रगति देखिन्छ।

वृष-साताको सुरुमा स्वास्थ्य बाधा हुनेछ। साताको मध्यमा भने पुराना काम पुरा हुने एवम् सामाजिक खर्च हुनेछ। धार्मिक कार्यमा समय एवम् खर्च बढ्नेछ। आफन्त एवम् नाता गोतासँगको भेटघाटले आर्थिक काममा सहयोग मिल्नेछ। काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ। पदीय सुख मिल्ने एवम् काममा प्रशंसा हुनेछ। स्वास्थ्यमा भने सामान्य गडबडी एवम् सञ्चित धन खर्च हुने देखिन्छ।मानसिक तनाव बढ्नाले काममा वाधा हुनेछ।

मिथुन-प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघा हुनेछ। व्यवसायमा व्यस्तता बढ्ने एवम् नयाँ काममा प्रतिष्पर्धाले फाइदा कम हुनेछ। खानपिनको कारणले स्वास्थ्यमा बाधा एवम् पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ। साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झुटो आरोपको सामना गर्नुपर्नेछ। साताको अन्त्यमा भने काममा प्रगति देखिने एवम् पुरानो अड्किएको कार्यमा सुचारु हुनेछ। भाग्यले साथ दिनाले वैदेशिक काममा प्रगति एवम् धन लाभ हुनेछ।

कर्कट-साताको सुरुमा व्यवसायिक काममा रुचि बढ्नेछ। जिम्मेवारी थपिने एवम् ठुलाबडाको साथ भने मिल्नेछ। व्यापार व्यवसायमा बाधा हुने तथा सम्पत्तीको चिन्ता हुनेछ। परिवारसँगको रमाइलोमा दिन बित्ने एवम् वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ। छोटो यात्रा हुने तथा व्यवसायमा सन्तुष्टि मिल्नेछ। साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवम् आफन्तजनसँग सामान्य वैरभाव रहनेछ। यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ।

सिंह-मानसिक चिन्ताले बौद्धिक काममा बाधा आउनेछ। महिलावर्ग एवम् नजीकको मित्रबाट धनको सहयोग मिधार्मिक एवम् आध्यात्मिक क्षेत्रमा संलग्नता बढ्ने तथा व्यापार व्यावसायमा भने केही आम्दानी हुनेछ। सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ। सामान्य वादविवाद पर्न सक्ने एवम् घरायसी विवाद भने बढ्नेछ। साताको अन्त्यमा भने दौडधुप धेरै एवम् सरकारी जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ। सन्चित धनको खर्च बढ्नाले तनाब थपिने छ।

कन्या-मित्र एवम् विस्वासिलो व्यक्तिले धोका दिन सक्ने हुँदा आर्थिक काममा चनाखो बन्नुपर्नेछ। पारिवारिक वैमनस्यता हुनेछ। आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ। महिलावर्गसँग दुश्मनी बढ्ने एवम् घरायसी झैझगडा हुन सक्नेछ। साताको मध्यमा भने सवारी सुख मिल्ने एवम् भोगविलासमा खर्च बढ्नेछ। साथीभाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ। साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ।

तुला-उत्साह, उमंगले नयाँ काममा गति बढ्नेछ। छोटो यात्राको अवसर मिल्नेछ। दिदीबहिनी एवम् बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ। साताको मध्यमा भने काममा बाधा आउने एवम् आर्थिक रुपमा समस्या पर्ने तथा पारिवारिक सरसल्लाहमा कमी आउनेछ। साताको अन्त्यमा भने धनसम्पत्ति प्राप्ति हुने एवम् जग्गा जमिनको कारोबारमा सुख मिल्नेछ। कृषि तथा पशु चौपायाबाट सामान्य आम्दानी हुनेछ। माता मावली एवम् पत्नी तर्फबाट कारोबारमा सहयोग मिल्नेछ।

वृश्चिक-मीठो वचनको प्रयोगले सम्बन्ध राम्रो बन्नेछ। धनसम्पत्तिको कारोबारमा वृद्धि हुने, नयाँ काममा एवम् स्वस्थ्यमा खर्च बढ्ने योग देखिन्छ। मिठो भोजनको सुख मिल्ने एवम् परिवारसँगको भेटमा रमाइलो हुनेछ। साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ। दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ। यात्रामा भने झन्झट एवम् व्यक्तिगत काममा बाधा पुग्नेछ। आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ।

धनु-धनको क्षतिले आर्थिक भार बढ्नेछ। यात्रामा समस्या एवम् सरसामान हराउन सक्नेछ। मनोरञ्जनमा खर्च हुनेछ। साथीभाइ भेटघाट बढ्ने एवम् आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ। धनको कारोबारमा भने वृद्धि हुने तथा मित्रको सहयोग राम्रो हुनेछ। मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग सहयोगको वातावरण बन्नेछ। मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ। स्वास्थ्यमा भने सामान्य गडबडी एवम् आफन्तसँगको कारोबारमा विवाद पर्नसक्नेछ।

मकर-घरायसी काममा बढी खर्च हुनेछ। स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ। सवारीसाधन भोगविलासमा मन जानेछ। साथीभाइसँगको रमाइलोमा धनको व्यय हुनेछ। साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवम् मनोरञ्जनमा बढी समय बित्नेछ। साताको अन्त्यमा भने सानो यात्रा हुने एवम् आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्ने एवम् धनसम्पत्तिको वृद्धि हुने तथा लगानीमा राम्रो प्रतिफल आउनेछ।

कुम्भ-कृषि व्यवसायमा बाधा आउनेछ। आर्थिक कारोबारमा समस्या हुनाले पुरानो व्यवहारमा तनाव हुनेछ। ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ। साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवम् यात्रामा झन्झट आउनेछ। खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ। साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवम् आफन्तसँग भेटघाट मिल्नेछ। वैदेशिक साहायताको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना शुरु हुनेछ।

मीन-सामाजिक एवम् धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदिय प्रशंसा मिल्नेछ। लगानीमा सामान्य फाइदा हुनाले आर्थिक भार कम हुनेछ। काममा चिन्ता मिल्ने तथा कृषि व्यवसायमा भने आम्दानी हुनेछ। आफन्त भेटघाट एवम् यात्रामा तनाव मिल्नेछ। पारिवारिक सहयोग मिल्नाले पुराना कामहरु बन्नेछन्। प्रेममा प्रगति एवम् वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ। साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवम् यात्रामा सामान्य झन्झट हुन सक्नेछ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय