काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले मंगल ग्रहको निकै सुन्दर तस्वीर जारी गरेको छ । तस्वीर हेर्दा सुन्दर मात्रै होइन, निकै आकर्षक पनि छ ।यो तस्वीर हेरेपछि मानिसहरु मंगल ग्रहबारे जान्नका लागि उत्साहित भएका छन् । वास्तवमा यो तस्वीर मंगलको ब्लू डन्सको हो । अर्थात निलो रंगका बालुवाको ढिस्काको हो ।नासोको ओडिसी अर्विटरले यो तस्वीर खिचेको थियो । ओडिसीको स्पेसमा २० वर्ष पूरा भएको छ । सन् २००१ मा लञ्च गरिएको ओडिसी मंग्रल ग्रहमा सबैभन्दा लामो समय रहने अर्विटर बनेको छ ।पछिल्ला केही वर्षयता मंगल ग्रहको अनुसन्धानमा वैज्ञानिकहरु निकै उत्सुक बन्दै गएका छन् ।अन्तरिक्ष अनुसन्धानमा प्रतिस्पर्धा गरिरहेका देश अहिले मंगल ग्रहमा कसले पहिले मानिस पठाउने भन्ने ध्याउन्नमा लागेका छन् ।नासाले तस्वीर जारी गर्दै मंगल ग्रहमा निलो रंगका बालुवाका ढिस्का भनेर क्याप्सनमा लेखेको छ । मंगल ग्रहबाट आएको यो फोटो सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ । उक्त फोटोलाई ओडिसीले उत्तरी पोलबाट लिएको थियो ।

यी निलो रंगका बालुवाका ढिस्काहरु मंगलमा चल्ने तिव्र गतिको हावाका कारण बन्ने गरेका छन् । करिब ३० किलोमिटरको दूरीसम्म यी ब्लु डन्स फैलिएका छन् ।यो खास तस्वीर नासाको मार्स ओडिसी अर्विटरको इन्फ्रारेड क्यामेराबाट लिइएको हो ।ओडिसी अर्विटरमा लगाइएको यस क्यामेरालाई थर्मल इमिशन इमेजिङ स्टिम भनिन्छ । नासाका अनुसार तस्वीर मंगलको सतहमा फरक–फरक रंग र तापमानलाई दर्शाउँछ ।नासाले ओडिसीमा लगाइएको इन्फ्रारेड क्यामेराका सहयोगले मंगल ग्रहमा दिउँसो र रातिको तापमान मापन गर्न सकिने बताएको छ । मंगल ग्रहमा बालुवा, चट्टान वा धुलो के छ भन्ने कुरा यही क्यामेराकै सहयोगले वैज्ञानिकहरुले पत्तो पाउँछन् ।वास्तवमा यो तस्वीर अहिलेको भने होइन । सन् २००२ र २००४ मा ओडिसीले लिएको थियो । तर, आज ओडिसी लञ्च गरेको २० वर्ष पुगेको अवसरमा नासाले उक्त तस्वीर सार्वजनिक गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड