इलाम, ८ असार – नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको बताएका छन्  ।

उनले नेकपा (एमाले)द्वारा इलामको घुर्विसे पञ्चमी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले एमालेले जति सरकार चलायो, त्यति राम्रा काम गर्यो, तर अरू पार्टीले त्यसको इष्र्या गरेर सरकारबाट हटाए भने ।

सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भएको उनले बताए  । भूकम्पले थिलथिलो पारेको नेपाललाई भारतले नाकाबन्दी लगाउँदासमेत एमालेको सरकारले सामना गर्यो, एमाले भारतसँग कहिल्यै झुकेन भने  ।

राजपाको बहाना बनाएर निर्वाचन पछि धकेलेको उनले बताए  । संविधानले हिमाल, पहाड र तराईका सम्पूर्ण जनतालाई समेटेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उनले जनता एमालेकै पक्षमा रहेको जिकिर गरे  । एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको उनले बताएका छन् ।

पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको उनले उल्लेख गरेका छन् । सोही कार्यक्रममा उले विभिन्न पार्टी परित्याग गरी आएका सयजना भन्दा बढीलाई पार्टीमा स्वागतसमेत गरे ।

रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah