एजेन्सी । मेक्सिकोका १८ वर्षीय एक किशोर विद्यार्थीले स्तन क्यान्सर पत्ता लगाउने ब्राको डिजाइन गरेका छन्। जुलियन रियो कान्टु नाम गरेका ती किशोरले आफ्नी आमा स्तन क्‍यान्सरबाट पीडित भएपछि ब्रा पत्ता लगाएको बताएका छन्। कलेजका साथीहरुको सहयोगमा ती किशोरले उक्त ‘ब्रा’ को डिजाइन गरिएको छ जसको नाम ‘इभा’ राखिएको छ।

यो इभा नामक ब्राले सजिलैसँग स्तन क्यान्सर पत्ता लगाउने छ । उनले गरेको नयाँ अनुसन्धानलाई ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रेनर अवार्ड’समेत प्रदान गरिएको छ। किशोरले भनेका छन्, ‘जसरी मेरी आमा स्तन क्‍यान्सरले दुवै स्तन गुमाउन पुगिन अरुको लागि यस्तो अभिशाप नहोस। यही मेरो चाहना छ।अब ब्राको मद्दतले स्तन आफ्नो सही पोजिसनमा रहन्छन्।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो ‘इभा’ नामक ‘ब्रा’मा करिब २ सय ओटा बायो सेन्सर जोडिएका हुन्छन्, जसले स्तनको माथिल्लो सहतको पत्ता लगाउनुका साथै स्तनको तापक्रम, आकार तथा तौलमा हुने परिवर्तनमाथि हेरचाह गर्ने गर्दछ। उनले यो खास ब्राले स्तन क्‍यान्सर पत्ता लगाउन एक हप्तामा एक घण्टाभन्दा बढी समय प्रयोग गर्नु जरुरी नरहेको बताएका छन्।