नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् । बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताए ।

‘माओवादी बलियो हुँदा मात्र परिर्वतन संस्थागत हुन सम्भव छ’ उनले भने, ‘गणतन्त्र चाहियो भन्दा संकटकाल लगाएर टाउकाको मूल्य तोक्नेले गणतन्त्रको रखबारी गर्न सक्दैनन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताए ।