दमक/झापा दमकका शैक्षिक तथा सामाजिक युवा व्यक्तित्व युवराज गजमेरले इलाम चुलाचुली ४ स्थित आइतबारे बजार परिसरमा बजार सरसफाई तथा व्यवस्थापनमा सहयोग गरेका छन ।गजमेरले आज (बुधबार) बजार ब्यवस्थापन समितिले आयोजना गरेको बजार सरसफाइ सम्बन्धिको कार्यक्रममा बजारका लागि ५० हजार रुपैयाँ बराबरको डस्ट्बिन र गाउँपालिकालाई १० हजार बराबरको डस्टबिन उपलब्ध गराएका हुन । यस अघि विविध कारणले स्थगित रहेको आइतबारे बजार (हाट) आगामी बैशाख ५ गतेबाट पुनः सञ्चालनमा ल्याउन स्थानीयहरु सक्रिय भएपछि बजारलाई व्यवस्थित बनाउने काममा सहयोग पुरयाउने उद्धेश्यले ति डस्टविन प्रदान गरेको गजमेरले बताएका छन । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्य र उपप्रमुख निर्मला दाहालको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा सो कार्यक्रमको अध्यक्षता श्याम राईले गरेका थिए भने चुलाचुली ४ का वडाध्यक्ष कालिदास भट्टराईको पनि आतिथ्य रहेको थियो ।चुलाचुली ४ मा जन्मिएर दमकको शैक्षिक तथा व्यवसायिक र सामाजिक गतिबिधिमा सक्रियता देखाउँदै आएका गजमेरले आफनो क्षेत्रको बिकास र सामाजिक काममा जोडिन पाउँदा आफूलाई गर्व लागेको बताएका छन ।

यस भन्दा अघि गजमेरले त्यहाँको बजार क्षेत्र मा १ लाख २० हजार रुपैँया को लगानीमा सार्वजानिक खानेपानीको बोरिङ्ग समेत प्रबन्ध गरिदिएका थिए । खानेपानीको समस्या झेल्दै आएका बजारबासीको सहजताका लागि उनले त्यहाँ खानेपानीको प्रबन्ध गरिदिएका हुन । पिउने पानीको अभावमा त्यहाँका सर्वसाधारणले घण्टौं हिंडनु पर्ने बाध्यता छ । खानेपानीको समस्यालाई मध्यनजर गर्दै गजमेरले चुलाचुली ४ स्थित गैरी गाउँमा समेत इनार बनाइदिएका छन ।आफनो ठाउँको बिकास र समस्यालाई नजिकैबाट बुझने र समाधानका लागि योगदान पुरयाए वापत उनको कामको प्रशंसा गर्दै चुलाचुली विकास मञ्च, काठमाडांैले गत शनिबार उनलाई विशेष सम्मान गरेको थियो ।हाल दमक १ मा बसोवास गर्दै आएका उनी दमक ५ स्थित कर्नरस्टोन फाउण्डेसनका संस्थापक हुन । गजमेर लायन्स क्लब अफ दमक ईस्टर्न लायन्सका द्धितिय उपाध्यक्ष पनि हुन । उनले गत बर्ष कोरना महामारीमा निजी खर्चमा ३५० भन्दा धेरै कोरोना प्रभावित मजदुर तथा सुकुम्बासी परिवारलाई तीन लाख पचास हजार भन्दा बढी मुल्य बराबरको राहत सामाग्री वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय