गाैरीगंज १, वैशाख / नयाँ वर्षसँगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने गरिन्छ ।एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा हर्षाेल्लासका साथ यो पर्व मनाउने गरिएको छ । चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ भने अन्य मिठा–मिठा परिकार समेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पुजा गर्ने चलन छ ।पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिन्छ । यसै पर्वको अवसर पारेर आदिवासी जनजाती महासंघ गाैरादह वार्ड नं. ८ समितिले वैशाख २ गते भाेली शुभकामना अादान प्रदान तथा सिरूवा विशेष कार्यक्रम गर्ने भएकाे छ ।
गाैरादह नगरपालिका वार्ड नं. ८ बैराती महाराजथानमा राखिएकाे शुभकामना अादानप्रदान तथा सिरूवा विशेष कार्यक्रममा अादिवासी सामुदायकाे ढाेलसना नाच, नटुवा नाच, घाटाेसरी गीत र अाधुनिक गीतलगायत विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिने अादिवासी जनजाती महासंघ वार्ड नं. ८ का अध्यक्ष गणेश राजवंशीले बतनएका छन् । त्यसैगरी राजवंशी विकास प्रतिष्ठान झापाले विर्तामोड नगपालिका वार्ड नं. २ चैतुवारी सैनिकमाेडमा वैशाख ३ गते शुभकामना अादानप्रदान तथा सिरूवा उत्सवकाे आयाेजना राखिएकाे पत्रकार ईन्द्रसिंहले बताएका छन् । सिरूवा उत्सवसंगै रङ्ग खेल्ने कार्यक्रम रहेकाे छ ।उनका अनुसार पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामुहिकरुपमा खेल्ने गाजीमुरी (चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने कार्यक्रम रहेको छ । सिरुवा पर्व पुर्वी नेपालको झापा, मोरड र सुनसरीामा विशेषरुपमा मान्ने गछर्न ।
नेपाल बाहेक भारतको आसामकाे काेक्राझार, पश्चिम बंगाल, कोचबिहार, पानी ट्यांकीलगायतका क्षेत्रमा पनि ३ दिनसम्म यो पर्व हर्षोल्लासका साथ मान्ने गरेको आत्माराम राजवंशी बताउँछन् । विशेषगरी यी जातिहरुले मुख्य पर्वको रुपमा मनाउँदै आएको सिरुवा पर्वको ऐतिहासिक तथ्यबारे युवापुस्ताहरुमा कमै जानकारी छ । तर, परम्परागत रुपमा मनाउादै आएको यस पर्वको विशेष महत्व रहदै आएको छ । सिरूवा पर्वकाे सांस्कृतिक महत्व सिरुवा पावनी (नयाँ बर्ष) तराईमा बस्ने आदिबासी समुदायहरु मध्ये राजवंशी, ताजपुरिया, गन्गाई, मेचे, धिमाल, सन्थाल, माझि, उराँव लगायतले मनाउने सबैभन्दा ठुलो पर्व हो । यो पर्व नयाँ वर्षमा बंगला पात्रो अनुसार खासगरी तिन दिन सम्म बैशाख १, २ र ३ गते मनाउने चलन छ । पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद(हिलो) सिरुवा र अन्तिम दिन रंग सिरुवा खेल्ने चलन छ । सिरुवा पर्वमा कुलदेवता, ग्रामदेवता अलाबा महिला वर्गले घाटोसरी पूजा गर्ने चलन छ । सिरुवा पर्वको समयमा झापा, मोरङ्ग र सुनसरीका विभिन्न ठाउाहरुमा मेला लाग्ने परम्परा छ । सिरुवा पर्वमा पानी सिरुवा, काद(हिलो) सिरुवा, रंग सिरुवाको अलावा घाटोसरी, भादाखेली जस्तै अरु पुजाहरु महत्वपूर्ण हुने गर्दछन । समग्रमा हामी सिरुवा पर्वका महत्वपूर्ण पक्षहरुलाई यहाँ यसरी लिन सकिन्छ ।
जल(पानी)सिरुवा :– सिरुवाको पहिला दिन जल(पानी)सिरुवा हो । बैशाखको पहिलो दिन बगंला पात्रो अनुसार अन्तिम चैत्रमा आफूभन्दा साना सिरुवा पर्व सु टाउकोमा पानी दिएर, ठुलाबडाहरुका पाउमा भक्तिभावले पानि हालेर र साथिसंगि एकआपसमा पानी छयापाछयाप गरी बर्ष भरीका लाग शरीरलाई ठण्डा, शितलता मिलोस भनी आर्शिबाद लिने र कामना गरीन्छ । साथै उक्त दिन हामी पानि खेलेर आफ्ना शरीरलाई पवित्र गर्ने भन्ने भनिन्छ । धामीहरु जंगल गएर जडिबुटि खोजी जडिबुटिका विरुवा जगाउाछन । मानिसहरु घरमा लसुन प्याज बाधि झुन्डयाउछन, मइनाको काडा, मदारको काडा, विर्तिको काडा घरको पछाडि गुन्जि राख्छन । यो दिन महिलाहरु साझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी बइसागि साग पकाउछन् । यो दिनलाई महा विसुवा संक्रान्ति भन्ने गरिन्छ । काद(हिलो) सिरुवा :– सिरुवा पर्वको दोस्रो दिन काद(हिलो) सिरुवा हो । मानिसहरु विसुवाको राति (अन्तिम चैतको राति) पकाएको भातलाई पानि हालि पन्ता बनाएर खान्छन । त्यसैले भनिन्छ, “चैतमा पकाएको बैशाखमा खाने” । यसै दिनबाट पन्ता भात खान शुरु हुन्छ । यो दिनदेखि हाम्रो समाजका नारीहरु घाटोसरी पुजाका रुपमा तिस्ताबुढी नदीमा गइ सेलाउछन ।
किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा हाम्रो ठाक्रानि(देवी) साथिहरुसंग मिली ठाकुर(देउता)लाई खोज्दै जादा बस्त्रविहिन हिलोमाटो लेपिएको अवस्थामा भेटाउछन र संगिहरु आपसमा कानेखुशी गदै हास्दाछन । अनि ठाक्रानि(देवी)ले तिस्ताबुढीको रुप धारण गरि संगिहरुलाई हिलोमाटो लगाइ दिन्छिन । त्यसैले यो दिनमा सबै मानिसहरु एक आपसमा हिलो खेल्ने प्रचलन रहयो, कादसिरुवा मनाउाछन । ठाकुर(देउता)लाइ भेटाएको खुशियाली घाटमा स्नान गरी चनामुराई खाई आलाइ बालाइ गरी सबैलाइ खुवाउाछन, आफु पनि खान्छन ।यो दिनको स्मरर्णमा हाम्रो नारीहरु नदीमा गइ तिस्ताबुरि बिर्सजन गरी घाटोसरि पुजा सकेर  फर्कन्छन । अनि घाटबाट फर्कने समयमा छाताको पानि गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन । यो दिनमा खासगरी घरका देवीदेवताहरुको पुजा गर्ने गरिन्छ ।रंग सिरुवा :– सिरुवा पावनीको अन्तिम दिन रंग सिरुवा हो । उक्त दिन सबै मानिसहरु एक आपसमा रंग खेलेर पर्व मनाउाछन । विगतमा भएका रिसरागहरु सबै भुलेर खुशी र हर्साे उल्लासका साथ खुशी साटासाट गर्नका लागि यो दिनमा विभिन्न किसिमका रंगहरु खेल्ने गरीन्छ । जीवन रंगहरुले भरीए जस्तै रंगिचंगी होस भन्ने कामनाका साथ रंग सिरुवा खेल्ने गरीन्छ ।
घाटोसरी पुजा :– घाटोसरी देवीलाई स्वास्थ्य र दिर्घायू राख्ने
राख्ने देवीको रुपमा पुजिन्छ । घाटोसरीको मुर्ति कुमाल जातिका मानिसले काचोा माटोले बनाउाछन । अनि काद(हिलो) सिरुवाको दिन नुवाईधुवाई गरी घरको एउाटा कुनामा लिपपोत गरी घाटोसरीहरुलाई (माटाका साना घैटा) बसाइन्छ । अनि ती घाटोहरुलाई पूजा गर्दै नयाा फलहरु आपा, घाटोसरीको फुल, काचोा चना, मुराइ, खीर, अठिया केरा चढाउने गरीन्छ । सिरुवा पावनीको एउाटा रमाइलो पक्ष घाटोसरी हो, नयाा बर्षमा फलेका विभिन्न फलफुलहरुलाई पहिला घाटोलाई खुवाएर मात्र आफु खाने, अनि घाटासरीको जुठो खाएमा विभिन्न घाउा, खोस, ज्वरो र रोग व्याधीबाट बर्ष भरीका लागि मुक्त रहने कामना गर्दै घाटोसरीको पुजा गरीन्छ । केटीहरु गित गाउदै घाटोसरीहरुलाई साझपख नदी, कुवाको छेउमा लगेर सेलाउने गरीन्छ । घाटोसरी सेलाउने समयमा अठिया केरा र मुराई खादै ‘आलाए बालाए कालाए सरी’ भन्ने चलन छ । त्यसैगरी बैशाख (नयाँ बर्ष) आउनु ४/५ दिन पहिले देखी एउँटा शुद्ध भााडोमा साजीको मुर्ति राखेर घर घरमा मागि हिडने(भादाखेली) अनि बंगला पात्रो अनुसार बैशाख १ गतेका दिन नदीमा पुजा गरी सेलाउने चलन छ ।
यो साजी देउताको पूजा जोकोहिले गर्दैनन् । यो पूजा महिलाहरुले मात्र गर्ने चलन छ । सिरुवा पर्वमा आदिवासी समुदायले घरका ठाकुर, ग्राम पुज्ने अलवा आफ्नो गछको (घरको) सुरुक्षाका लागि चातर(चारकुना) मन्त्रले बाध्ने काम गर्दछन । चातर बान्दा खराब नजर, पर शत्रुहरुबाट बच्नका लागि आफ्नो गछको कबचको जस्तै काम गर्ने विश्वास गरीन्छ ।सातसागी बैशागी सिरुवा पर्वको एउटा महत्वपूर्ण पक्ष हो । चैतमा पकाएको बैशाखमा खानुपर्छ भन्ने मान्यता अनुसार महिलाहरुले सात किसिमका सागहरुलाई मिलाएर सातसागी बैशागी पकाउने र घाटोसरी पुजा सकेपछि खाने गर्दछन । हाम्रो समुदायमात बिवाहका लागि सिरुवापछि बसन्त ऋतको सुभारम्भसंगै दुलहा दुलही खोज्ने मान्यता पनि रहदै आएको छ । त्यसैगरी नयाा बर्ष सिरुवाको उपलक्ष्यमा नया लत्ताकपडा लगाउने, मिठो–मसिनो परिकार बनाएर खाने र गाजीमुरी (चनामुराई) खाने चलन विद्यमान छ । त्यसैगरी रंग सिरुवाको दिनादेखि झापा, भोरङ्ग र सुनसरीका विभिन्न ठाउाहरुमा मेला लाग्ने चलन छ । यसैगरी डोल पावनि(होलि)देखि सिरुवा पावनीसम्म पावनिको आधारमा हामार छाता ओढने दिनको सुरुवात, आगो हावापानीबाट सर्तकता अप्नाउने, गर्मीबाट बच्नका लागि पन्ता खान आरम्भ गर्ने, शरीर तनका विषादी हटाउनका लागि सातसागि खाने(सात प्रकारको साग मिसाएर बनाएको साग),
समयमै जडिबुटी का लागि जंगलबाट जरिबुटीहरु खोजेर ल्याउने, पुरुषहरुका मन मस्तिष्कमा उब्जेका विकारहरु अनि नारीहरुका अन्तर मनका व्यथाहरु निष्कपट रुपले समाजका अगाडि प्रस्तुत गरि गुम्सिएर रहेका व्यथा विकारहरु हटाउनका साथै जनचेतना दिलाउने गएको बर्षमा साथिसंगि, इस्टमित्र, कुलकुटुमहरु बिचमा रहेका राग द्वेष, मन मुटाव, उत्पन्न झगडाहरु नाया मास बैशाख पहिलो दिनदेखि पवित्र मनले मित्रता गरी एक आपसमा रङ सिरुवाका रुपमा रंग, अबिरहरु खेलि शुभकामना आदान प्रदान गरी नाया दिनमा नाया विचार, नयाँ भावना जगाउने काम हुन्छ । त्यसैले सिरुवा पावनीलाई सबै पावनी(पर्व) भन्दा प्रमुख अगाडिको पावनी अर्थात श्रेस्ठ पावनीको रुपमा मनाइन्छ । यो पावनीको महत्व र विशेषता पनि यहि नै हो । तयसैले यसमा भएका विर्कतिहरुलाइ हटाइ परिस्कृत रुपले स्वच्छ मन र पवित्र भावना समेटेर उच्छश्रृखल वातावरणलाई प्रवेश हुन नदिइ अझै सभ्य भावले र भव्य रुपले सिरुवा पावनि मनाउन आवश्यक छ । यसैमा हाम्रो आफ्नो सभ्यताको पहिचान लुकेको छ र अझै संरक्षण संर्वद्धन गदै लैजानु आवश्यक छ ।

फूलघाेडाकाे विक्री बढयो

नयाँ वर्षसंगै शुरू भएकाे सिरूवा पर्वमा ग्रामथानमा चढाईने फूलघाेडाकाे विक्री बढेकाे छ ।
अादीवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई,माझीलगायतका जातिहरूका प्रत्येक परिवारले ग्रामथानमा देवतालाई अनिवार्य फूलघाेडा चढाउनु पर्ने प्रचलन रहेकाे र विहेवारीकाे सिजन भएकाेले फूलघाेडाकाे विक्री वितरण बढेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah