दमक/ वल्र्डलिंक कम्युनिकेशनस लिमिटेड दमक शाखाले नया“बर्षको अवसर पारेर आफ्नो सुविधा सम्पन्न सेवा केन्द्रबाट सेवा विस्तार गरेको छ । दमकमा मात्र नभएर नेपालमा नै सबैभन्दा धेरै प्रयोगकर्ता रहेको वल्र्डलिंकले नयाँ बर्षको अवसर पारेर बिभिन्न सुविधा पनि सार्वजनिक गरेको छ ।वल्र्डलिंक दमकका प्रमुख राजन तिम्सिनाका अनुसार दमकको सुविधा सम्पन्न दमक महलमा वल्र्डलिंकको सेवा केन्द्र राखिएको हो । अब तत्काल उपभोक्ताको गुनासो देखि लिएर नयाँ जडानसम्म गर्ने गरीको प्रवन्ध मिलाएका छौ, तिम्सिनाले भने ।आफ्ना ग्राहक एवं उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै बेलडागी रोड दमक महलको दोश्रो तलामा नया सेवाकेन्द्र बिस्तार गरिएको हो, तिम्सिानले जानकारी दिए ।
कम्पनीले बिगतका सेवाहरुलाई अझ परिस्कृत गर्दै र अन्य सेवाहरु समेत थप गरेको पनि उनले भने । यस कम्पनिका ग्राहकहरुले दुइवटा मोवाइलमा फ्रि वाइफाइ कनेक्सन गर्नका साथै दुइवटा मोवाइलमा नेट टि.भि. समेत चलाउन सक्ने पनि जनाईएको छ । फ्रि वाइफाइको सुविधा अधिराज्यका १० हजार भन्दा बढी स्थानबाट प्राप्त गर्न सक्ने पनि तिम्सिनाले बताए ।इन्टरनेट जडानगर्दा सम्पुर्ण जडानका सामाग्रीहरु निशुल्क प्राप्त गर्न सक्नेछन् । यस कम्पनिले इन्टरनेट जडान गर्दा NET TV सेवा सित्तैमा प्रदान गरि रहेको छ ।ग्राहक महानुभावहरुले प्लेस्टोरमा गई यस कम्पनिको मोवाइल एप Pk MY WORLD LINK टाइपगरी डाउनलोड गर्न सक्नेछन् जसले गर्दा ग्राहकले घरमै बसेर आफ्नो इन्टरनेट एकाउन्ट सम्बन्धि बिबिध सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।हाल कम्पनिले आफ्ना नया“ तथा पुराना ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर नया सेवाकेन्द्र बिस्तारका अवसरमा छन् 5G Router का साथै बिभिन्न आकर्षक योजनाहरु ल्याएको पनि तिम्सिनाले जनाएकाछन् ।
वर्ल्डलिंक कम्युनिकेसन प्रालिले नेपालमै पहिलो पटक वाईफाई फाइभ सुरु गरेको हो । गएको कात्तिकमा वर्ल्डलिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो ।विदेशी लगानी भित्रिएसँगै कम्पनीले आफ्ना ग्राहकलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने बताएको थियो । सोही अनुसार कम्पनीले वाइफाई नेटवर्कलाई गुणस्तरिय बनाउने योजनाका साथ वाईफाई फाइभ सुरु गरेको हो ।याे प्रविधि कम्पनीका नयाँ तथा पुराना दुबै ग्राहकले प्रयाेग गर्न सक्नेछन् । पुराना ग्राहकले आफूले प्रयाेग गरिरहेकाे सेवालाई अपग्रेड गरि याे सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा विद्यमान शूल्कभन्दा केही महंगो भने पर्नेछ ।









