काठमाडौं-राजस्व अनुसन्धान मध्य पश्चिममाञ्चल तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिम घिमिरे र कम्प्यूटर अधिकृत गोविन्द बहादुर शाही व्यापारीबाट घुस लिदा लिदै पक्राउ परेका छन् ।
भ्याट तथा स्टीमेट कागजातहरु मिलाइदिने सम्बन्धमा घुस रकम माग गरेको भन्ने सूचना एंवम उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
ती दुई कर्मचारीले व्यापारीबाट पाँच लाख सत्तरी हजार घुस लिएको बेला कार्यालय परिसरबाटै घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि अनुसन्धान भईरहेको छ । यो विहिवारको घटना हो । अख्तियारले विज्ञप्ती मार्फत जानकारी दिएको हो ।



