इनरुवा , ९ असार ।  विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनको विषयलाई लिएर उत्पन्न विवाद चरम अवस्थामा पुगेको छ ।

स्रोतका अनुसार केन्द्रीय सभापति गच्छदारले धरातलीय यथार्थ नबुझी आफूखुसी उम्मेदवार तय गरेर टिकट वितरण गरेको भन्दै पुरै सुनसरी जिल्ला समिति राजिनामा दिने तयारीमा पुगेको छ ।

जिल्ला सभापति प्रदिप चौधरी, उपाध्यक्ष हरिलाल मेहता ,जिल्ला सचिव डीएन मेहता, केन्द्रीय सदस्य शिवनारायण उराव, नारायण मेहता, जिल्ला सदस्य योगेन्द्र मेहता, प्रदिप मेहता र इनरुवा नगर अध्यक्ष बौवालाल मेहतासहित सम्पूर्णले पार्टी छाड्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

उनीहरु पार्टी छाडेर तटस्थ बस्दै पार्टीका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गर्ने रणनीतिमा पुगेका छन । एक जिल्ला सदस्यले वर्णमालासँग भने– हामी इनरुवाका लोकतान्त्रिकका मेयर र उपमेयर पदका उम्मेदवारलाई सहयोग गर्दैनौ । आन्तरिक रुपमा सहमतिमा आउने कांग्रेस वा एमालेको उम्मेदवारलाई सहयोग गर्छौ ।
जिल्ला अध्यक्ष प्रदिप चौधरीले भने– हामी अहिलेसम्म त सबै लोकतान्त्रिकमै छौ, भोली के हुन्छ भन्न सकिदैन । लोकतान्त्रिक ब्यवस्थामा पार्टी छाड्ने, प्रवेश गर्ने क्रम स्वभाविक हो । हाम्रो पार्टीमा उम्मेदवारीलाई लिएर असन्तुष्टी छ, भोली के हुन्छ भन्न सकिदैन ।

सचिव डीएन मेहताले हामीले बस्तु स्थिति बताउँदा बताउँदै केन्द्रीय अध्यक्षले एकल निर्णय गरेर इनरुवामा मनोज मेहतालाई मेयर पदमा टिकट दिनु भयो । अब पार्टीको चुनाव जित्ने स्थित छैन । साथीहरुले चित्त दुखाउनु भएको छ । छलफल गरेर भावी कदम चाल्छौ ।

मेयर पदका आकांक्षी पार्टीको इनरुवा अध्यक्ष बौवालाल मेहताले भोली सम्पूर्ण जिल्ला कमिटीले सामूहिक राजिनामा दिने जानकारी दिदै कुनै पार्टीमा नलागी तटस्थ रहेर लोकतान्त्रिकका उम्मेदवारलाई
असहयोग गर्ने अभियान सञ्चालन गर्ने बताए ।

टिकट वितरणलाई लिएर केन्द्रीय सदस्य कुमारजंग थापा आइतवार नै संघीय समाजबादी फोरममा प्रवेश गरेर दुहवी नगरपालिकाको मेयर पदका उम्मेदवार बनिसकेका छन भने लोकतान्त्रिककै जिल्ला सदस्य सन्तोष भगत पार्टी छाडेर नेकपा एमालेको तर्फबाट देवानगञ्ज गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार भईसकेका छन ।

सुनसरीमा ४४ जनाले उम्मेद्वारी फिर्ता लिए

आसन्न स्थानीय तहको निर्वाचनमा सुनसरी जिल्लामा मनोनयन दर्ता गराएका मध्ये ४४ जनाले सुनसरीमा आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

जिल्लाको १२ वटै स्थानीय तहमा मनोनयन गर्दा गराएका ३४ सय ९५ जना मध्ये ४४ जनाले आफ्नो मनोनयन फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

मनोनयन फिर्ताको लागि तोकिएको विहान ८ बजेदेखि ११ बजेसम्मको समयमा एक प्रमुख, एक उपप्रमुख, दुई उपाध्यक्ष सहित २१ वडा अध्यक्ष, १४ सदस्य , ४ महिला सदस्य र १ दलित महिला सदस्य रहेका छन् । इनरुवा नगरपालिकामा विभिन्न पदकालागि उम्मेदवारी दर्ता गराएका १४ जनाले नाम फिर्ता लिएका छन् ।

नाम फिर्ता लिनेहरुमा कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै उपमेयर पदमा मनोनयन गर्दा गराएकी ज्योति सुब्बा, वडा नम्वर १ बाट स्वतन्त्र अध्यक्षको मनोनयन दर्ता गराएका लक्ष्मीप्रसाद हलुवाई, वडा ३ बाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका ऋषिराम सुवेदी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वडा नम्बर ३ को सदस्य पदमा मनोनयन दर्ता गराएका गुलाबचन मुसहर, ५ नम्वर वडा अध्यक्ष स्वतन्त्र तर्फ हिरालाल मण्डल, श्यामकुमार राय, रामनारायण चौधरी रहेका छन् ।

त्यसैगरी वडा नम्वर ५ बाटै सदस्यहरु राप्रपाका शम्भु मण्डल, गणेश मण्डल, फोरम लोकतान्त्रिकका कृष्णबहादुर थापा मगर र जितेन्द्रकुमार रायले नाम फिर्ता लिएका छन् । त्यसैगरी ५ कै महिला सदस्य फोरम लोकतान्त्रिककी सरस्वती मण्डल, इनरुवा नगरपालिका वडा ८ का वडा अध्यक्षमा राप्रपाबाट मनोनयन दर्ता गराएका विश्वनाथ मण्डल धानुक र वडा नम्वर ९ बाट स्वतन्त्रमा सदस्य पदका लागि मनोनयन दर्ता गराएका सत्यनारायण शर्माले नाम फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ,बर्णमालामा उल्लेख छ ।

कांग्रेससँगको असन्तुष्टि पश्चात मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी महेश्वरी न्यौपानेले भने मनोनयन फिर्ता लिइनन् । आफुलाई समेत नाम फिर्ता लिन कांगे्रस नेताहरुले आग्रह र आश्वासन दिएपनि नाम फिर्ता नलिई चुनावमा उभिएको न्यौपानेले बताइन् । उनले स्टिकोट चुनाव चिन्ह लिएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah