झापाको दमकमा मेयरका उम्मेद्वारहरुबीच चौपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । अहिले अन्तिम कसरतमा चारजना मेयरका उम्मेद्वारहरु लागि परेकाछन् ।

दूइ दशक अघि भएको स्थानीय निकायको निर्वाचनमा एकआपसमा जुधेर धोरै मतअन्तर बिजय भएका एमालेका रोमनाथ ओली र राप्रपाका राम थापा यो पटक फेरी भिड्दैछन् ।

यता आफूलाइ युवा उम्मेद्वारको रुपमा ब्याख्या गर्दै नेपाली काँग्रेसका ढुण्डिराज भण्डारी र माओबादीका गगन पुरी नयाँ अनुहारको रुपमा चुनावमा भिड्दैछन् ।

४ जना उम्मेद्वार नै आफू जित्ने दाबी सहित मतदातासम्म पुगि रहेकाछन् । चारवटै पार्टीका मेयरका एजेण्डाहरु अधिकाँश मिल्दा जुल्दा नै रहेकाछन् ।

ओली फेरी पुरानो जितजस्तै यो पटक जित हासिल गर्ने दाउमा रहेकाछन् । पार्टीको संगठन र इमान्दारिता तथा निष्ठाको आधारमा आफूले नगरबासीको मत पाउने उनको बिश्वास रहेको छ ।

यता थापा पुरानो हारलाइ पल्टाएर जित हासिल गर्ने ध्याउन्नेमाछन् । दमकबासीको घरघरमा गएर आफ्नो जिबन र मरणको परिक्षा भएको भन्दै मतदाताहरुलाइ फकाइरहेकाछन् । उनले यसलाइ अन्तिम लडाइको रुपमा आफूलाइ अघि सारेकाछन् ।

काँग्रेसका भण्डारी पार्टीको आन्तरिक जिबनमा हारेका छैनन् । सफल बनेकाछन् । उनि यो निर्वाचनमा पनि त्यस्तै परिणाम ल्याउने सोचमा रहेकाछन् । आफू युवा भएकाले र सबैसंग भिजेको भएकाले मत पाउने उनको सोचाइ छ ।

पुरी ६ महिनाअघि देखि खटेकाछन् । उनले सबैको मत चोरेर आफू अघि आउने आकलन गरेकाछन् । आफूजति बिकास गर्न सक्ने उम्मेद्वार कोहि नभएको भन्दै उनले आफ्नो प्रचारप्रसारलाइ यति आक्रमक बनाएकाछन् जून कल्पना बाहिरको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah