गोरखा : आइतबार साँझको हावाहुरीले गोरखाको ४७ वटा घरको छाना उडाएको छ । जिल्लाका ११ वटै पालिकाका ४७ घरधुरीको छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।साथै आइतबार साँझदेखि गोरखा जिल्लाभर विद्युत सेवा ठप्प छ । विद्युत सेवा नहुँदा जिल्लाभर सबै सेवा प्रदायक कम्पनीका इन्टरनेट सेवा अवरुद्ध भएको छ । जिल्लाबाट प्रकाशन हुने तीनवटै दैनिक पत्रिका तथा तीनवटा एफएम रेडियो प्रकाशन, प्रशारण बन्द भएको छ । कम्प्युटरबाट हुने कार्यालयका कामहरु पनि प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार सिरानचोक गाउँपालिका ६ महटारको १७ वटा घरको छाना उडाएको छ । त्यहाँका दलित बस्तीका १७ वटा घरको छाना उडाएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार सिरानचोक गाउँपालिका वडा नं. ६ महटारका भीमबहादुर बिक, मैतबहादुर बिक, झलकबहादुर दमै, गिरीराज लामिछानेको घरको छाना उडाएको हो ।त्यस्तै सोही गाउँका शम्सेर परियार, धनबहादुर नेपाली, सीता उपरकोटी, रसमाया नेपाली, आइतबहादुर गुरुङ, पार्वती नेपाली, शिव नेपाली, मीना नेपालीको घरको छाना उँडाएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । त्यस्तै सोही ठाउँका नारायणप्रताप राणा, सूर्यबहादुर तामाङ, भेजबहादुर गुरुङ, पूर्णबहादुर भट्ट र यमबहादुर श्रेष्ठको घरको छाना उडाएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय आइतबहादुर गुरुङको कुखुराको खोर उँडाउँदा १२ वटा कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ । त्यस्तै गोरखा नगरपालिका २ कोखे आहालेको १० वटा घरको पनि छाना उँडाएको छ । स्थानीय सुस्मिाता श्रेष्ठ, हिरामाया श्रेष्ठ, उत्तम श्रेष्ठ, जीवन श्रेष्ठ, ज्ञानमाया श्रेष्ठको घरको छाना उडाएको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै सोही ठाउँका गोपाल श्रेष्ठ, वीरबहादुर श्रेष्ठ, रुद्रबहादुर श्रेष्ठ, शिवलाल श्रेष्ठ र रेमन मियाँको घरको छाना उडाएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । शहीदलखन गाउँपालिका ७ ओयाकका नौजनाको घरको छाना पनि उडाएको छ । स्थानीय टंकबहादुर श्रेष्ठ, लोकबहादुर परियार, गगन परियार, सन्तमान श्रेष्ठको घरको छाना उडाएको छ । त्यस्तै सोही ठाउँका ज्ञानबहादुर रम्तेल, वीरबहादुर राना, प्रकाश थापा, वुद्धिमाया बयलकोटी र लोकबहादुर परियारको पनि घरको छाना उडाएको प्रहरीले जनाएको छ ।

त्यस्तै पालुङ्टार नगरपालिका ४ बर्सरेका चार दलित परिबारको घर र एउटा सामुदायिक भवनको छाना उडाएको छ । स्थानीय मीना सुनार, पूर्णबहादुर सुनार, भक्तबहादुर सुनार र पूर्णबहादुर सुनारको घरको छाना उडाएको प्रहरीले जनाएको छ । भीमसेनथापा गाउँपालिका ७ बोर्लाङमा पनि चार घरको छाना उडाएको छ । त्यहाँका श्यामबहादुर श्रेष्ठ, बुधे सार्की, बिमल श्रेष्ठ र सरस्वती माविको छानो उडाएको स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।बारपाकसुलीकोट गाउँपालिका ७ देउरालीका सुमन गुरुङ र गुञ्जमान श्रेष्ठको घरको पनि छाना उडाएको प्रहरीले जनाएको छ ।घरको छाना उडाउँदा घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री भिजेर क्षति पुगेको स्थानीय प्रहरीचौकीले दिएको जानकारीलाई उद्धृत गर्दै इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।