नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा चुनाव प्रचारका क्रममा असार ३ गते झापाको भद्रपुरमा ओर्लिएका काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर एवं विकासवादी नेता केशव स्थापित झापा र इलामका दर्जन भन्दा बढी कार्यक्रममा सहभागी भए । स्थापित भद्रपुर झर्ने वित्तिकै खेलाडीहरुले उनको भव्य स्वागत गरे । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिब समेत रहेका स्थापितलाई खेलाडीहरुले ‘भाग्य विधाताको’ संज्ञा दिए ।
ओलीको गृहनगर दमकमा मतदाताका सामु विकासका लागि स्थापितले अघि सारेका योजना सुनेर उत्साहित नुहुने कोही थिएनन् । काठमाण्डौ महानगरसँग दमक नगरपालिकाको भगीनी सम्बन्ध स्थापना गर्ने स्थापितको घोषणाले आम दमकबासी उत्साहित भएका छन् । यसका लागि दमकमा एमालेका उम्मेद्वार रोमनाथ ओली र गीता अधिकारीको टिम विजयी हुनुपर्ने स्थापितको शर्तलाई सबै स्विकार गरेका छन् ।
बिपक्षीका हजार हल्लालाई स्थापितको एउटै सत्यले रसातलमा भसाउने गरेको यथार्थ विगत देखि कै हो । दमकमा एमालेको जनलहरलका कारण आतिएका विपक्षीहरुले अनेक अवित्र गठबन्धनका हल्ला चलाएर क्षणिक मजाक गरिरहंदा स्थापितले दमकमा बसेर यसलाई राम्रो नियाले । हारको् माानसिकताबाट निस्किएको यस्तो बजार हल्लालाई स्थापित एमालेको उम्मेद्वारको विजयको आधार ठानेका छन् । जो कमजोर छ उसले अर्काको साहार खोज्ने हो ।
एमालेका उम्मेद्वारको लोकप्रियताले तिलमिलाएका विपक्षीहरु एकदिन एउटा पार्टीसंग सहकार्य गरेको ढ्वांग फुक्छन् अर्कोदिन अर्कोसंग । आफ्नो गोजीमा भएकोलाई बचाउने भन्दा अर्कोको गोजीको थुत्न खोज्दा भएको पनि पोखिएको उनीहरुले चाल पाएका छैनन् । स्थापितले सातदिनको बसाइमा ठुला आमसभाको उपस्थिती बाहेक दमक ३ का सर्वसाधरण,दमकमा ५ का सुकुम्बासी,दमक १० का पार्टी कार्यकर्ता, दमक ८ का सर्वसारधण,दमक पव्लिक लाइब्रेरी,दमक बजारमा माओवादी केन्द्रका असन्तुष्ट समुह जो माओवादीको विपक्षीमा गोलबद्ध छन् ,यसैगरी राप्रपाको युवा खेमासँग भेटघाट गरे । ती सबैको आवाज दमकमा शुसासनको सुरुवातका लागि रोमनाथ ओलीको विकल्प नभएको स्थापितलाई सुनाए ।
चुनावी रणनीतिका कुशल योजनाकार स्थापितले काठमाण्डौ महानगरको चुनावमा एमालेले १७ हजार ५ सय मतको अन्तरले विद्या सुन्दर शाक्यले जित्ने घोषणा सुनाएका थिए । तर परिणाममा २१ हजार भन्दा बढी मतले जिते । आइटीमा समेत पोख्त स्थापितले बिहीबार विभिन्न सुचना र विपक्ष्ँीहरुसँगको कुराकानीमा निष्कर्ष निकाले कि दमकमा एमालेका मेयर उपमेयर सहित अधिकांस वार्ड एमालेले जितिसकेको छ ।
घोषणाका लागि १४ गते पर्खनु परेको हो । स्थापित भन्छन् ‘एमालेको समृद्धिको नाराले सबै मतदातालाई करोडपती बनाउछ । त्यसकारण मतदाताहरु काँग्रेसपति,माओवादीपति वा राप्रपापति हुन चाहदैनन् । उनीहरु त करोडपति बनाउने पार्टी एमालेलाई जिताउन चाहन्छन् । ’
बुधबार साँझ माओवादी ,राप्रपा र काँग्रेसको असन्तुष्ट समहुसंग गोप्य भेटघाट गरेपछि राती नै एमालेको स्थानीय नेतृत्वसँग बसेका स्थापित बिहीबार हसिंलो मुद्रामा भेष्ट र हाफपाइन्टमा निस्किए । दिंउसो गौरादह नगरपालिकामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने आमसभामा सहभागिताका लागि पुगेका स्थापितलाई अध्यक्ष ओलीले सोधे ‘के रहेछ दमकको स्थिती ?’ स्थापितको जवाफ थियो ‘दमकमा एमालेले चुनाव जितिसक्यो । घोषणा हुन मात्र बाँकी हो ।’ ओलीले स्थापितलाई ठुला आमसभामा समय दिन भन्दा पनि कोठे बैठक र चुनावी सुचना संकलन गरेर विष्लेषण गरी रणनीती बनाउन सुझांउदै भने ‘ठुला आमसभा म भ्याउछु । रणनीतिक बैठकहरु तपांइ भ्याउनुहोस ।’
माओवादीको असन्तुष्ट समुहले दमकमा भरतपुर घटना अर्थात मतपत्र च्यात्ने रणनीतिमा माओवादी रहेको सुचना दिएको बताए । त्यसैले यो प्रवृतिमा सजग रहन बेलैमा प्रशासनलाई सुझाउनुपर्ने सुझाव एमालेलाई दिएका छन् । यस्तै राप्रपाका असन्तुष्टहरु राजा र हिन्दुको नारा बोकेर चुनाव जित्न नसकिने भएकोले इमान्दार उम्मेद्वार रोमनाथ ओलीलाई नै मतहाल्न सहमत देखिएका छन् ।
यसैगरी दमकको विकासका लागि ‘समृद्ध दमक मोडल’को कार्ययोृजना अघि सारेकी एमालेकी उपमेयरकी उम्मेद्वार गीता अधिकारीका पक्षमा विद्यार्थी,वुद्धिजीवी र स्वतन्त्र मतदाता रहेकोले सबभन्दा बढी मतान्तरमा उपमेयर जितिने स्थापितले सुनाएका छन् । काँग्रेसकी उपमेयरकी उम्मेद्वारले छोरी बुहारीको नाता अघि सारेपछि काँग्रेसका आममतदाता नातावादको विरुद्धमा मत हाल्ने तयारीमा छन् ।



