ओखलढुङ्गा । एमाले र नेपाली कांग्रेसबीच ओखलढुंगाको मोलुङ गाँंउपालिकामा झडप हुदा तीन घाईते भएका छन। एमालेले सो गाउपालिकाको वडा नं ७ तालकोटमा एमालेले शुक्रबार गर्ने चुनावी कार्यक्रममा मंच तयार गर्ने क्रममा विवाद भएको एमाले ओखलढुंगाका सदस्य उत्तम राईले जानकारी दिए ।

राईका अनुसार एमालेले सो वडामा चुनावी कार्यक्रम गर्नका लागि पहिला नै स्थानीय प्रहरी कार्यलयलाई जानकारी दिएको थियो । नेपाली कांग्रेसले पनि शुक्रबार नै चुनावी कार्यक्रम गर्ने तयारी गरेपछि बिहीवार एमालेले तयार गर्न लागिको कार्यक्रमको मंच बनाउन कांग्रेसका सो वडाका उम्मेदवार गेलु शेर्पाले रोक्ने प्रयास गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो क्रममा झडप हुदा तीन एमाले कार्यकर्ता घाईते भएको पनि राईले बताए ।  नेपाली कांग्रेसले पनि शुक्रबारै कार्यक्रम गर्ने अडान लिए पछि प्रहरीले एमाले उम्मेदवार मणिराज राईलाई फोन सम्पर्क गरेर शुक्रबार कसेल कार्यक्रम गर्ने भनेर सोधेका थिए। आफुहरुले पहिला नै प्रशासनलाई जानकारी दिएकोले एमालेले नै कार्यक्रम गर्ने अडान राखेका थिए ।

प्रशासनले पनि एमालेले पहिला जानकारी गराएकोले शुक्रबार कार्यक्रम गर्न अनरोध गरेको थियो। अहिले सो ठाँंउा सभाको तयारी भईरहेको एमाले ओखलढुंगाले जानकारी दिएको छ।