मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अधिक संवेदनशील रहनुहुनेछ। परिणामस्वरूप कसैको बोलि वा व्यवहारले मनमा चोट पुग्नेछ। मानसिक डरको साथसाथै शारीरिक अस्वस्थताको कारण बेचैन रहनुहुनेछ। आमाको स्वास्थ्य खराब होला। महत्त्वपूर्ण पत्रमा दस्तखत नगर्नुहोला। अफिस वा अन्य स्त्रीवर्गबाट हानि पुग्नेछ। विधार्थीको लागि मध्यम दिन रहेको छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चिन्ताको बोझबाट राहत पाएको हुँदा उर्जा र उत्साहको अनुभव गर्नुहुनेछ। आन्तरिक साहित्य एवम् कलालाई प्रदर्शन गर्नको लागि उचित समय रहेको छ। परिवारप्रति विशेष ध्यान दिनुहुनेछ। मित्रसँग भ्रमणको आयोजन गर्नुहुनेछ। आर्थिक आयोजन पूरा हुनेछ। मनपर्ने भोजन मिल्नेछ। भाग्यवृद्धिको अवसर प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कार्यमा सफलता मिल्नेछ। यधपी केहि ढिलाई हुन सक्ला। आर्थिक आयोजनमा अवरोध एवम् बाधा उत्पन्न होला। रोजगार-धन्दामा कार्यकर्ताको पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ। परिवारमा आनन्दमय वातावरण रहनेछ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक- मानसिक सुख बनिरहनेछ। मित्र र आफन्तसँग दिन आनन्द र मनोरंजनमा बिताउनुहुनेछ। मन अधिक क्षमाशील रहनेछ। दाम्पत्यजीवनमा जीवनसाथी प्रति विशेष आकर्षण अनुभव गर्नुहुनेछ। भ्रमण र आर्थिक लाभ हुने योग रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

चिन्ताको भारले स्वास्थ्यलाई हानि पुग्नेछ। उग्र तर्क वा वादविवादले झगडा हुन सक्ला। अदालती कार्यमा सावधानीपूर्वक कदम उठाउनुहोला । भावनाको प्रवाहमा बहेर कुनै अविचारी कार्य नगर्नुहोला। बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तन-मनको स्वस्थताको साथसाथै दिन खुशीमय र विविध लाभ एवम् उपहार मिल्नेछ। व्यापारी र पेसा गर्ने व्यक्तिलाई आर्थिक लाभ हुनेछ। उच्च पदाधिकारी खशी रहनुको साथसाथै पदोन्नति होला। विवाहोत्सुक व्यक्तिको लागि अनुकुल परिस्थिति निर्माण हुनेछ । स्त्री मित्र लाभदायक साबित हुनेछ। प्राकृतिक सौंदर्य स्थलमा भ्रमण हुनेछ। वैवाहिक सुखको आनन्द पाउनु हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको कार्य सरलतापूर्वक पूरा हुनेछ। मान- सम्मान वृद्धि हुनेछ। अफिसमा उच्च पदाधिकारीको तर्फबाट प्रोत्साहन मिल्दा आत्मविश्वास बढ्नेछ। व्यपारीको व्यापारमा तथा आय वृद्धि हुनेछ। गृहस्थजीवन आनन्दपूर्ण रहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। उत्तम सांसारिक सुख प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

थकान, अल्छिपन र चिन्ताको कारण कुनै काम गर्ने उत्साह कम हुनेछ। विशेष रूपले सन्तानप्रति चिन्ता रहनेछ। कार्यक्षेत्रमा अधिकारीवर्गको नकारात्मक व्यवहारले निराशा उत्पन्न हुनेछ। प्रतिस्पर्धि र विरोधिको शक्ति बढ्नेछ। व्यवसायमा कठिनाई निर्माण हुनेछ। महत्त्वपूर्ण निर्णय नलिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अनिच्छनीय घटना, बिरामी , क्रोधावेशको कारण मानसिक व्यवहार निराशापूर्ण रहनेछ। त्यसैले रिसलाई नियन्त्रणमा राख्नुहोला। सरकार विरोधी प्रवृत्ति तथा नयाँ सम्बन्ध जोडिनु हुनेछ। कुनै कारण समयमा भोजन मिल्नेछैन। अत्यधिक खर्च नगर्नुहोला। झगडा- विवादबाट सकेसम्म टाढा रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कार्यभार र मानसिक चिन्ताबाट राहत पाएर मित्र , आफन्तसँग खुशीपूर्वक दिन बिताउनुहुनेछ। विपरीत लिंगीय व्यक्ति के प्रति आकर्षण अनुभव गर्नुहुनेछ। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ। व्यापारीले आफ्नो व्यापार विस्तार गर्नेछन्। आर्थिक लाभ र मानसम्मान वृद्धि हुनेछ । प्रिय व्यक्तिसँग भेट र छोटो यात्राको कारण आनन्द वृद्धि हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्यभारमा सफलता मिल्नुको साथसाथै प्रसिद्दि प्राप्त गर्नुहुनेछ। पारिवारिक सदस्यसँग अधिक प्रेमपूर्ण व्यवहार गर्नुहुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। रोजगारको स्थलमा सहकर्मीको सहायक बन्नुहुनेछ। घरमा आनन्द र उत्साहको वातावरण रहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सिर्जनात्म्कताको गति मिल्दा साहित्यको क्षेत्रमा लेखन तथा पठनको कार्यमा गहिरो रुचि राख्नुहुनेछ। हृदयको कोमलताले प्रियजनलाई नजिक ल्याउनेछ। स्वभावमा भावुकता र कामुकताको प्रबलता अधिक रहनेछ। स्वास्थ्यको दृष्टिले मध्यम दिन रहनेछ। विद्यार्थीले पढाईमा राम्रो प्रदर्शन गर्नेछ। मानसिक सन्तुलन र बोलीमा विशेष ध्यान राख्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah