चैते दशैंका दिन स्याङ्जा आलमदेवी मन्दिरमा भक्तालुको घुइँचो लागेको छ। कालिगण्डकी गाउँपालिका–३ आलमदेवी मन्दिरमा दिनभर भक्तालुहरूको घुइँचो लागेको हो। मन्दिरमा पूर्वयुवराज पारस शाहले पनि दर्शन गरेका छन्। उनी कूलपूजा गर्न यहाँ आएका हुन्। पारस शाह आउने खबरले दर्शकको उपस्थिति बढेको हो।

मनोकांक्षा पूरा भएको भन्दै भक्तालुहरूले राँगा, बोका, कुखुरा मन्दिरमा बली चढाउँछन्। मन्दिरमा परेवासमेत उडाएका थिए। आलमदेवीले मनको चाहना पूरा गर्ने भक्तालुको विश्वास छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोनाको दोस्रो लहर फैलिएपनि यहाँ आउने भक्तालुले खासै सचेतता भने अपनाएका थिएनन्। मन्दिरको नयाँ संरचना निर्माण भएकाले भक्तालुहरूको आकर्षण बढेको मन्दिर व्यवस्थापन समितिका सचिव पर्थ थापाले बताए। उनका अनुसार मंगलबार झण्डै १० हजार भक्तालु आएका छन्।

स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा, गुल्मी, पर्वत, रूपन्देही, पोखरा, काठमाडौं लगायतका ठाउँबाट भक्तालुहरू आएका थिए।

-थाहाखबरबाट