मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाई अधिक भावनाताम्क रहनुहुनेछ जसकारण कुनै कुरा वा व्यवहारले तपाईको भावनामा ठेस पुग्नेछ। आमाको स्वास्थ्यको करण चिन्तित रहनुहुनेछ। तपाईको स्वाभिमानलाई ठेस पर्न सक्छ। ग्लानिको अनुभव गर्नुहुनेछ। भोजन र निन्द्रामा अनियमितता रहनेछ। स्त्री र पानीबाट टाढा रहनुहोला। विधार्थीको लागि मध्यम समय रहेको छ। मनको शान्तिको लागि आध्यात्म नै उत्तम उपाय रहनेछ। सम्पत्तिको विषयमा चर्चालाई टाल्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चिन्ता कम भएको कारण राहत अनुभव गर्नुहुनेछ। अधिक भावुक र संवेदनशील रहनुहुनेछ जसकारण कल्पनाशक्ति र सिर्जनशक्ति बाहिरिनेछ। साहित्य लेखन तथा कलाक्षेत्रमा योगदान गर्न सक्नुहुनेछ। परिवारको सदस्य विशेषरूपले आमासँग आत्मीयता बढ्नेछ। छोटो यात्रा वा पर्यटन हुन सक्छ। वित्तीय मामलामा ध्यान दिनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

निर्धारित कार्य पूरा हुनेछ र जास्करण निकै प्रसन्न रहनुहुनेछ। आर्थिक योजनाको कारण कैयौँ समस्या कम हुनेछ। पेसा व्यवसायमा सहयोगीको सहयोग मिल्नेछ। मित्र तथा प्रियजनसँग भेट हुनेछ। परिवारमा शान्ति र आनन्दको माहोल रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

साथी र परिवरसँग दिन आनन्दमय रहनेछ। साथै उनीहरुको तर्फबाट मिलेको उपहारले खुशी बढ्नेछ। बाहिर घुम्ने कार्यक्रम बन्नेछ तथा स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ। शुभ समाचार मिल्नुको साथसाथै आर्थिक लाभ मिल्नेछ। श्रीमतीसँग समय बिताउनुहुनेछ। शारीरिक र मानसिक रुपले आनन्द अनुभव गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अदालती मामलाबाट टाढा रहनुहोला। मनमा बेचैनी रहनुको साथै विभिन्न चिन्ताले सताउनेछ। शारीरिक स्वास्थ्य खराब हुन् सक्छ। आफ्नो बोलि र व्यवहारलाई ध्यानमा राख्नुहोला। नत्र कसैसँग झगडा हुन् सक्छ। खर्चको मात्रा अधिक रहनेछ। स्त्री वर्गबाट बचेर रहनुहोला। गलत धारणा मनमा आउन नदिनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विविध क्षेत्रमा प्रसिद्दि र लाभ मिल्नेछ। तपाईमा भगवानको कृपा र्ह्नेह्च। वृद्द तथा मित्रसँग दिन आनन्दमा बित्नेछ। श्रीमती र बच्चासँग समय बिताउनुहुनेछ। दाम्पत्यजीवनमा आनन्द प्राप्त हुनेछ। सन्तानको समाचार मिल्नेछ। प्रिय व्यक्तिसँग भेट होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको घर र कार्यस्थलमा राम्रो वातावरण रहनाले निकै प्रसन्नता रहनुहुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। रोजगार गर्ने व्यक्तिको पदोन्नति हुनेछ। कार्यालयमा उच्च पदाधिकारीले तपाईको कार्यको चर्चा गर्नेछन्। परिवारमा हर्षोल्लासको माहोल रहनेछ। आमाको तर्फबाट लाभ मिल्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक र मानसिक रुपले थकान र अल्छि अनुभव गर्नुहुनेछ जसकारण उत्साहको कमी रहनेछ। यसको प्रभाव व्यावसायिक क्षेत्रमा देख्न सकिन्छ। उच्च पदाधिकारीको व्यवहार प्रति नकारात्मक रहनेह। सन्तानसँग मतभेद हुन सक्छ। कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

कुनै पनि नयाँ कम आरम्भ नगर्नुहोला। स्वास्थ्यप्रति विशेष ध्यान राख्नुहोला। कफ तथा पेट सम्बन्धि बिरामीले तनावन रहनु हुनेछ। शल्यक्रिया जस्ता मामलालाई टाल्नुहोला। तपाई निराश र चिन्तित रहनुहुनेछ। पानीबाट टाढा रहनुहोला। अचानक कुनै रोगले सताउन सक्ला। खर्च वृद्धि हुनेछ। बोलि र व्यवहारमा ध्यान राख्न आवश्यक रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दैनिक कार्य बाहेक अरु समय मनोरंजन तथा भेटघाटमा बिताउनुहुनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ तथा साथीसँग घुम्न जानुहुनेछ। विपरीत लिंगीय मित्र सँग शुभ समय बिताउनुहुनेछ। प्रबल धन लाभको योग रहेको छ। व्यापारमा वृद्धि हुनेछ। दलाली तथा व्याज आदिबाट लाभ हुनेछ। सार्वजनिक जीवनमा मान- सम्मान बढ्नेछ। कार्यमा सफलतामा मिल्नेछ र स्वास्थ्य स्वस्थ रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्य सफलता प्राप्त गर्नको लागि दिन उत्तम रहेको छ। तपाईद्वारा गरिको कामबाट प्रसिद्दि र सफलता मिल्नेछ। परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ । तन-मनबाट ताजा र उर्जा अनुभव गर्नुहुनेछ। पेसा-धन्दामा सहयोगीको सहयोग मिल्नेछ। आमाको परिवारको तर्फबाट समाचार प्राप्त हुनेछ। खर्च बढ्नुको साथसाथै बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईले कल्पना शक्ति निखारण पाउनुहुनेछ। तपाईको दिन साहित्य सिर्जनको लागि उत्तम रहेको छ। विद्यार्थीले विद्याध्यनमा राम्रो प्रदर्शन गर्नेछन्। तपाईको स्वभावमा भावुकता र कामुकता अधिक रहनेछ। स्वास्थ्य खराब रहला। साथै मनमा डर रहनेछ। मानसिक सन्तुलन बनाई राख्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah