काठमाडौं ।  नेपाली कांग्रेसका सभापती तथा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले स्थानीय  निर्वाचनमा जिते बृद्व भत्ता दोब्बर गर्ने बताएका छन् ।  धनगढी उपमहानगरपालीकाको फुलबारीमा आयोजित चुनाबि सभालाई संबोधन  गदै नेता देउवाले सो कुरा बताएका हुन् ।

 साथै उनले गेटा मेडिकल कलेजलाई नेपालकै नमुना उत्कृष्ट शिक्षण अस्पताल बनाउने ,पञ्चेश्पर तथा  पश्चिम सेती  आयोजनाको काम चाँडो सुरु गर्ने कृर्षीमा आधुनिकीकरण गरी लगानी बढाउने बताए । त्यस्ते  कैलाली गौरीफण्टा नाकालाई स्तरउन्नती गर्न भारत सरकारसंग सम्झौता भई सकेको र धनगढीमै भन्सार कार्यालय स्थापना गर्ने धनगढीलाई यस क्षत्रकै  मुख्य ब्यापारिक केन्द्रको रुपमा अगाडि बढाउने बतए । उनले भने उधोग कलकारखाना स्थापनामा छुट दिन्छु ,  देशकै समृद्व सहर धनगढीलाइ बनाउछु । अबको ५ बर्षमा सुदुरपश्चिमका गाँउमा सडक पर्‍याउने बताउदै उनले  सबै सडक कालो पत्रे समेत  हुने जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुनाबी सभालाई पुर्व मन्त्री प्रकास शरण महत,  केन्द्रिय सदस्य प्रदिप पौडेल,  केन्द्रिय सदस्य सचेतक इश्वरि न्यौपाने,  मेयरका उम्मेद्वार नृप वड उपमेयरका उम्मेद्वार सुशिला मिश्र भट्ट लगायतले सम्बोधन गरेका थिए ।