तुलसीपुर (दाङ), ९ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक वृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध लगायत कामले माओवादीको पक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ ।

चुनावी दौडाहाको क्रममा आज दाङको गढवा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताउनुभयो ।

“पहिलो चरणको स्थानीय तह निर्वाचनमा हामीले ४६ वटा ठाउँमा जित्यौँ भने ५२ ठाउँमा दोस्रो भयौँ’, उहाँले भन्नुभयो, “त्यो पनि नराम्रो त होइन तर सोचेभन्दा अलि कम भयो, अहिले दोस्रो चरणको चुनावी उत्साह हेर्दा चाँडै माओवादीको कम्ब्याक (पुनरागमन) हुने सम्भावना बढेर गएको छ ।”

पार्टी विभाजनका कारण २०७० सालको संविधानसभा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले चुनाव जित्ने धेरै सूचक हामीले पूरा गरेका छौँ, फुटेको पार्टी एक भएको छ र संविधान जारी गर्नेदेखि स्थानीय तह पुनर्संरचना गर्नेसम्मका एजेण्डा हामीले सफल बनाएका छौँ ।” रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah