राष्ट्रिय जनता पार्टी (राजपा) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधनमार्फत आफ्नो माग सम्बोधन गर्नुको साटो सरकार आफूहरुलाई एक्ल्याउने डिजाइनका साग अघि बढेकाले सरकारलाई समर्थन कायमै राख्नुको औचित्य सकिएको उक्त पार्टीका नेताहरुले बताएका छन् ।

नेता हृदयेश त्रिपाठीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय लिन मात्र बाँकी रहेको बताए । सरकार गठनअघिको तीन बुँदे सहमति सरकारले एकपक्षीय रुपमा तोडेकाले सरकारलाई समर्थन दिइराख्नुको औचित्य समाप्त भएको उनको भनाइ थियो । ‘तीन बुँदे सहमतिका आधारमा हामीले सरकारलाई समर्थन दिएका थियौं’, त्रिपाठीले भने, ‘सरकारले एक पक्षीय रुपमा सहमति तोडेकाले समर्थन फिर्ता लिनुको विकल्प रहेन ।’

त्रिपाठीले मधेस र काठमाण्डुको दुरी थप टाढिएको र भावनात्मक सम्बन्ध टुटिसकेको उल्लेख गरे । ‘मधेस र काठमाण्डुका बीचमा भावनात्मक सम्बन्ध टुटिसक्यो’, उनले भने, ‘प्राविधिक रुपमा मात्र मधेस र काठमाण्डु एकै ठाउँमा हो ।’ केही दिनअघि राजपा अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर र अनिल झाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटी सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको खुलासा भएको छ ।

आफूहरुको असहमतिबीच २ नम्बर प्रदेश बाहेकमा सरकारले स्थानीय तहको दोश्रो चरणको निर्वाचन गराउन लागेपछि राजपा सरकार र सत्तारुढ घटकसँग चिढिएको छ । सरकारले प्रदेश नम्बर–२ मा आगामी २ असोजका लागि निर्वाचन घोषणा गरे पनि राजपाले यथास्थितिमा सो मितिमा समेत निर्वाचन हुन नदिने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah