काठमाडौं– कोरोना संक्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइँदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) आज बिहिबारदेखि दिन बन्द गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो ।

आज विहिवारदेखि लागु हुने गरि अर्को सूचना नभएसम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको हो ।

तर विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

-कलाकर्मी बाट