आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यो स्किममा सहभागी बन्नका लागि आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यमबाट आईएमई पे वालेटमा रू. १ सय जम्मा गर्नुपर्नेछ । त्यसमा तपाईंले रू. १ सय नै बोनस रकम तत्काल प्राप्त गर्नुहुनेछ ।
-लोकान्तर बाट










