९ असार काठमाडौं । शुक्रबार अपरान्ह ४ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा माइकिङ गर्दै १ सय ६८ यात्रु बोकेको ए ३३० जहाजका दुबै इञ्जिनले काम नगरेकोे जानकारी दिइयो । इमर्जेन्सी ल्याण्ड गर्नपर्ने भन्दै नजिकैको दमकल, अस्पताल, सेना र प्रहरीलाई पनि सबैलाई खबर गरियो ।

४ बजेर ४५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा एकाएक आगोको मूस्लो निस्कियो । लहरै दमकल आए, दमकलका पछिपछि तीन चारवटा एम्बुलेन्स पनि पछि लाग्दै थिए । सेना प्रहरी सबै जना हतार हतार उद्दारमा खटिए । एकैछिनमा हेलिकोप्टर पनि आयो । थिमी नगरपालिकाको एम्बुलेन्ससहित घटनास्थलमा ५ वटा एम्बुलेन्स जम्मा पारेर आगो निभाइयो । ‘घाइतेहरु’ ऐया ऐया गर्दै थिए । सेना प्रहरी सबै घाइतेहरुको उद्धार गर्न व्यस्त थिए । चिकित्सक तथा नर्सहरु पनि इर्मेजेन्सी उपचारमा खटिए । केहीलाई उपचारका लागि हेलिकोप्टर मार्फत ग्रान्डी अस्पताल पुर्‍याइयो । करिब आधा घन्टा विमानस्थलको उडान पनि प्रभावित भयो । यति ठूलो भयाबह दृश्य देख्दा पनि पत्रकारहरु भने कुनै हतारोमा थिएनन् । किनकि यो वास्तविक दुर्घटना नभई त्रिभुवन विमानस्थलमा भएको एक नाटकिय अभ्यास मात्रै थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायका अनुसार प्रत्येक दुई वर्षमा यसखालको अभ्यास गर्नुपर्दछ । दुर्घटना हुँदा के कसरी उद्दार गर्ने भनेर यो अभ्यास गरिन्छ । यसलाई ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ भनिन्छ, जुन अन्तर्राष्ट्रिय मान्यताप्राप्त बिमानस्थलले प्रत्येक दुई वर्षमा गर्नुपर्छ ।

आइकाओको नियमअनुसार प्रत्येक २ वर्षमा अन्तरराष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस्तो अभ्यास गर्नुपर्छ । शुक्रबार एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिएको हो ।

तर, प्लेनको डमी यसरी बनाइएको थियो, पेट्रोल छर्किदा पनि आगो लगाएन । बाँसका भाटा प्रयोग गरेर बनाइएको टनेललाई प्लास्टिकले बेरेर प्लेनको आकार दिइएको थियो ।

अभ्यासअनुसार बिमानस्थलमा कुनै दुर्घटना भए आफूहरु तत्काल उद्दार गर्न र आगो नियन्त्रण गर्न सफल रहेको देखिएको बिमानस्थल प्रमुख उपाध्याय बताउँछन् । उनले भने, ‘यो अभ्यासबाट अब हामीले कुन कुन ठाउँमा कमजोरी छ र कहाँ सुधार्न पर्छ भन्ने पनि थाहा पायौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah