दुवै छोरी उम्मेदवार द्विविधामा आमा
पाल्पाको कालीगण्डकी गाउँपालिका–७ मा सहोदर दिदीबहिनी फरक दलबाट महिला सदस्य उम्मेदवार बनेका छन् । मीना ढकाल गौतम र राधा ढकाल पौड्याल उम्मेदवार बनेपछि आमा दमयन्ती द्विविधामा परेकी छिन् । दिदी मीना ढकाल गौतम कांग्रेसबाट र बहिनी राधा ढकाल पौड्याल एमालेबाट उम्मेदवार बनेका हुन् ।

जुम्ल्याहा दाजुभाइ चुनावमा प्रतिस्पर्धी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा जुम्ल्याहा दाजुभाइ फरक दलबाट उम्मेदवार बनेका छन् । दाजु पदम खत्री राष्ट्रिय जनमोर्चा र भाइ प्रीतम खत्री एमालेबाट वडाध्यक्ष उम्मेदवार भएका हुन् ।

दाजुभाइ निर्वाचन प्रतिस्पर्धामा
बैतडीको डिलासैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बाबुछोरा र दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् । डिलासैनी गाउँपालिका अध्यक्षमा कर्णबहादुर रानाले कांग्रेसबाट र लोकेन्द्रबहादुर रानाले माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका छन् । कर्ण दाजु र लोकेन्द्र भाइ हुन् ।

बाबुछोरा प्रतिस्पर्धामा
बैतडीको पुरचौडी नगरपालिका–७ को अध्यक्षमा बाबुछोराले अलग–अलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउद (बाबु) एमालेबाट र उज्वल साउद (छोरा)ले माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

दाजु–भाइ र ज्वाइँ–ससुरा पनि
कञ्चनपुरका दुई नगरपालिकाका दुई वडाबाट दाजु–भाइ र ज्वाइँ–ससुरा वडाध्यक्षको प्रतिस्पर्धामा छन् । महाकाली नगरपालिका–१ को वडाध्यक्षमा राप्रपाबाट विक्रम चन्द र एमालेले सरोज चन्दलाई उम्मेदवार बनाएका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । त्यस्तै, भीमदत्त नगरपालिका–७ मा एमालेले गणेशबहादुर चन्दलाई र उनका ससुरा गजेन्द्रबहादुर चन्दलाई कांग्रेसले अध्यक्षको उम्मेदवार बनाएको छ ।

एमालेबाट आठ तहको प्रमुखमा महिला
एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा १ सय १२ जनजाति समुदायका व्यक्तिलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । त्यस्तै, १३ जना मधेसी समुदायका तथा १० जना मुस्लिम समुदायका व्यक्तिलाई स्थानीय तहको प्रमुख पदको उम्मेदवार बनाएको छ । दलितबाट आठजना प्रमुख पदको उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah