बझाङ । प्रहरीले कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन बझाङमा जनचेतनाका कार्यक्रम सुरुवात गरेको छ । सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरेको हो ।  जिल्ला प्रहरी कार्यालयबाट खटिइएको  टोलीले चोकचोक र सडकमा  माइकिङ गरेर सचेतना फैलाएको छ ।

जिल्लामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्लाबासीलाई सचेत बनाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।  उनले भने, ‘कोरोना कसैलाई सोधेर लाग्दैन । रोग लाग्नुभन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु राम्रो हुनेछ । स्वास्थ्यका मापदण्ड पालना गर्नुअरुका लागि हैन आफ्नै लागि हो ।’

घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन, २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुलाई अनिवार्य मास्क लगाउन, कोरोनाको लक्षण देखिनेवित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेन बेड तथा क्वारेन्टिनमा बस्नसमेत आग्रह गरिइएको छ ।  पछिल्लो समय जिल्ला अस्पतालको प्रयोशालामा तीन दिनमा ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय