मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक र सार्वजनिक क्षेत्र प्रसिद्धि मिल्नेछ । परिवार एवम् जीवन सुख -सन्तोषको अनुभव गर्नुहुनेछ। रोमान्सको पराकाष्ठाको अनुभव गर्नुहुनेछ। मोज -मस्ती र मनोरंजनमा सहकर्मीको सहयोग प्राप्त गर्नुहुनेछ। जीवनसाथीसँग मेलमिलाप रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बोलि र व्यवहारमा ध्यान राख्नुहोला। कसैलाई मजाक गर्दा झगडा हुने परिस्थिति निर्माण हुनेछ गलत धारणा उत्पन्न हुनेछ। मोज-शोक तथा मनोरंजनमा खर्च हुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला । मानसिक उन्मत्तताले समस्या उत्पन्न गर्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईलाई लाभ नै लाभ हुनेछ। पारिवारिक सुख-शान्ति बनिरहनेछ श्रीमतीमा खर्च हुनेछ। अविवाहित मान्छेको विवाह होला। व्यापार एवम् पेसामा आय बढ्नेछ। घरमा शुभ- प्रसंगको आयोजन हुनेछ। प्रियजनसँग आनन्ददायक भेट हुनेछ। उत्तम भोजन र उत्तम वैवाहिक सुख प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक मानसिक स्वस्थताको अभाव रहनेछ। शारीरिक स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। परिवारमा सदस्यसँग उग्र वाद-विवाद हुनेछ। शहरमा मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला। स्त्री वर्ग तथा पानीबाट समस्या उत्पन्न हुनेछ। पैसा खर्च हुनेछ। समयमा भोजन मिल्नेछैन।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तन-मनबाट स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। आफन्त र भाईबहिनीसँग सुमधुर सम्बन्ध रहनेछ। निर्धारित कार्य पूरा हुनेछ। छोटो यात्रा हुनेछ। भाग्यवृद्धिको लागि अवसर बाहिरिनेछ। प्रतिस्पर्धामा विजय प्राप्त गर्न सक्नुहुनेछ। प्रिय व्यक्तिसँग निकट रहँदा हर्षित रहनुहुनेछ। प्रेमपूर्ण सम्बन्धको गहनताको परिचय हुनेछ। आर्थिक लाभ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

द्विधापूर्ण मानसिक वृत्ति रहनेछ। नकारात्मक विचारले मनको अस्वस्थता बढाउनेछ। पारिवारिक सदस्यसँग गलतधारणा वा मनमुटाव हुनेछ । अनावश्यक खर्च हुनेछ। विधार्थीको पढाईमा मन लाग्नेछैन। बौद्धिक चर्चाको क्रममा विवाद हुन सक्ला। व्यवसायमा सफलता प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

वर्तमान समयमा राम्रोसँग आर्थिक आयोजन पूरा गर्न सक्नुहुनेछ। तपाईको कलात्मक र सिर्जनात्मक शक्ति श्रेष्ठतम रहनेछ । शारीरिक र मानसिक रूपले तन्दुरुस्त रहनुहुनेछ। दृढ विचार र आत्मविश्वासबाट कार्य पूरा गर्न सक्नुहुनेछ। आफन्तसँग भेट हुनेछ। मोज-शोक र मनोरंजनमा खर्च हुनेछ। दाम्पत्यजीवनमा निकटता अनुभव हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विदेशमा बस्ने आफन्त वा मित्रको तर्फबाट शुभ समाचार पाउनु हुनेछ। लाभ प्राप्त हुनेछ। आनन्द प्रवृत्तिमा पैसा खर्च हुनेछ। दाम्पत्यजीवनमा जीवनसाथीसँग निकट पल बिताउनुहुनेछ। अदालती मामिलाबाट सम्हालेर काम गर्नुहोला। अफिसमा स्त्री वर्गबाट लाभ होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रेमको सुखद अनुभव प्राप्त गर्नुहुनेछ। आर्थिक, सामाजिक र कुटुम्बिक दृष्टिले लाभदायक दिन रहेको छ। घरायसी जीवनमा आनन्द छाईरनेछ। मित्र विशेष रूपले स्त्री मित्रबाट लाभ मिल्नेछ। आयको साधनामा वृद्धि हुनेछ। व्यापारमा वृद्धि र लाभ हुनेछ। वैवाहिक योग रहेको छ । मांगलिक कार्य हुनेछ । उत्तम भोजन मिलन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यवसायको क्षेत्रमा धन, मान एवम् प्रतिष्ठा वृद्धि हुनेछ। पेसामा परिश्रम गर्नु पर्नेछ। घर, परिवार र सन्तानको मामिलामा आनन्द र सन्तोषको भावना अनुभव गर्नुहुनेछ। व्यवसायिक कार्यको सम्बन्धमा दौडधूप बढ्नेछ। पेसामा पदोन्नति हुनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ र सरकार तथा मित्र, आफन्तबाट लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अस्वस्थ महसूस गर्नुहुनेछ तर मध्यान्नपछि मानसिक रूपले स्वस्थ रहनुहुनेछ। काम गर्नमा उत्साहको अभाव रहनेछ। अफिसमा उच्च पदाधिकारीबाट बचेर रहनुहोला। मोज-शोकमा खर्च हुनेछ। यात्रा हुने योग रहेको छ । विदेशगमन हुने सक्ने सम्भावना रहेको छ। विदेशबाट समाचार मिल्नेछ। सन्तानको विषयमा चिन्ता रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आकस्मिक धन लाभ हुने योग रहेको छ। व्यापारीवर्गको रोकिएको पैसा आउनेछ। शारीरिक र मानसिक रूपले अधिक परिश्रम गर्नुपर्नेछ। । स्वास्थ्यको मामिलामा ध्यान राख्नुहोला। खर्च अधिक रहनेछ। अनैतिक कामवृत्तिले समस्या हुन सक्ला। आध्यात्मिक विचार र व्यवहारले कुमार्गमा लान सक्ला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah