नेकपा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बझाङको सुनकुडा बजार तनावग्रस्त भएको छ । चिर बिथ्थड गाउँपालिकाको सुनकुडामा शुक्रबार बेलुका झडप हुँदा एमाले र कांग्रेसका कम्तिमा २० कार्यकर्ता घाइते भएका छन् ।

झडपको क्रममा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकल जलाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष हरिस खड्काले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमालेका कार्यकर्ता बागथलाबाट र्‍याली फिर्ता भएर देउलेख कोण सभाका लागि जाने क्रममा सुनकुडामा नेपाली कांगे्रसका र्याली भेटिएपछि झडप भएको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री नरेश बहादुर सिंहले आफूहरुको सभा भइरहेको ठाउँमा एमालेको र्‍याली आएको र उनीहरुले ढुंगा प्रहार गरेपछि झडप भएको बताए । प्

रहरीले भने घटना सामान्य रहेको बताएको छ । एमाले र कांग्रेस दुवै पक्षले झडपका लागि एकअर्कामाथि दोष लगाएका छन् ।