प्रदेश १ को झापा जिल्लाका सबै स्थानीय तहमा कम्तिमा एक सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।
एक साताभित्रै सबै स्थानीय तहले ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाले जानकारी दिए ।

सीडीओ तिम्सिनाले जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापनका लागि डीसीसीएमसीको बैठकले काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरुका लागि एक हजार क्षमताको होल्डिङ सेन्टरको स्तारोन्नति गर्ने निर्णय गरेको उनले बताए ।

यस क्रममा कलबलगुडीस्थित प्रदेश प्रशिक्षण केन्द्रमा थप पाँच सय क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय भएअनुसार काम अघि बढेको उनले बताए ।

अहिले झापामा १ सय ९३ बेड क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा छ । प्रजिअ तिम्सिनाका अनुसार रोकथामको प्रयास स्वरूप सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाइ गर्ने, अत्यावश्यक कामबिना नेपाल भारत आवतजावत बन्द गर्ने काम पनि भइरहेको छ ।

झापा जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै १६८ बढी सक्रिय सङ्क्रमित रहेकाले सङ्क्रमणको जोखिम कम गर्ने प्रयास स्वरूप सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयको सेवा आलोपालो सिस्टम लागू गरिएको प्रमुख जिल्ला अधिकारी तिम्सिना बताउँछन् ।

तिम्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, नापी, मातपोत, यातायत कार्यालयमा आलोपालो सिस्टम लागू भएको छ ।
-रातोपाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah