गएको आइतबार बालुवाटारमा बसेको नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । नेताहरु टोपबहादुर रायमाझी, खिमलाल भट्टराई, विष्णु रिजालमा संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय सदस्य रिजालले बुधबार आफू संक्रमण भएको जानकारी फेसबुकमार्फत गराएका छन् । त्यस्तै, ऊर्जामन्त्री समेत रहेका रायमाझी सैनिक अस्पतालमा उपचार गराइरहेका उनको सचिवालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संक्रमण बढिरहेका बेला कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै सत्तारुढ एमालेको बैठक बसेको थियो ।

-बाह्रखरी बाट