दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई कोरोना सङ्क्रमण भएको छ ।
उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका हुन् ।
सङ्क्रमण देखिए पश्चात् उनी सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् ।
उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न साथै सुरक्षित रहन आग्रह गरेका छन् ।
उनी सबै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहेका छन् ।
कोरोनाको दोस्रो लहरसँगै धेरै भारतीय कलाकारलाई कोरोना सङ्क्रमण भएको छ ।
पूजा हेगड़े, अर्जुन रामपाल, सोनु सुद, अक्षय कुमार, गोविन्दा लगायतलाई सङ्क्रमण भएकोमा केहीलाई सन्चो समेत भैसकेको छ ।



