काठमाडौं । झापाको मेचिनगर नगरपालिका पुगेका कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेसको नेतृत्वमा शान्ति स्थापना र संविधान जारी भएको हुँदा स्थानीय तहको चुनावमा समेत कांग्रेसको बिकल्प नभएको उद्घोष गरेका छन्।

कांग्रेसको नेतृत्वमामै देशमा शान्ति स्थापना भएको एवं संविधान निर्माण भन्दै नेता शर्माले अब सम्वृद्धिको लागि समेत कांग्रेसले नै जित्नु पर्ने बताए ।  मेचीनगर नगरपालिकालाई सम्वृद्ध बनाउन कांग्रेसले विमल आचार्यलाई उम्मेदवार बनाएको भन्दै उनले भने‌ , ‘तपाईको सपना कांग्रेसको संकल्प भ्रष्टचारमुक्त, सदाचार र सम्मुन्त मेचिनगर ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेचिनगर नरपालिकाका कांग्रेस मेयर उम्मेदवार विमल आचार्यले आफुले जिते मेचीनगरका बाटो, पुल, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्य जस्ता आवश्यकता पूर्ति गर्ने बताए । अहिलेसम्म जनप्रतिनिधि कहिल्यै जनमुखी हुन नसकेको भन्दै उनले सबै समस्याको समाधान आफ्नै जित रहेको बताएका छन् ।

त्यस्तै, उपप्रमुखकी उम्मेदवार दुर्गा देवी खतिवडाले भान्सामा सिमित रहेका महिलालाई सशक्तिकरण गरी सामाजिक न्यायको स्थापना गर्ने बताइन् । केही दिनअघि  झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कलम र आवाजलाई रोक्न भन्दै विश्वप्रकाशलाई चुनौती दिएका थिए ।

https://youtu.be/MVbETgPuL3g