काठमाडौं जिल्लाबासीले तत्तकालका लागि कोरोनाविरुद्धको खोप लगाउन नपाउने भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने कार्य काठमाडौंमा स्थगित गरिएको जनाएको छ ।
सुरुमा कोरोनाविरुद्धको खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको
लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो ।
चीनले कोरोनाविरुद्धको भेरोसेल खोप नेपालाई आठ लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।
-बाह्रखरी बाट



