पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित चियादोकान नजिकैको भित्री सडकमा आज विहान शंकास्पद बस्तु फेला परेको छ ।

एउटा टिनकाे बट्टामा तार बाधेर सडकमा फालिएको अवस्थामा सो शंकास्पद बस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निस्कृय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले वताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार त्यस शंकास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले विहान ९ वजे निस्कृय बनाएको हो ।

विहानै त्यस शंकास्पद बस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरु त्रसित भएका थिए । फेला परेको त्यस शंकास्पद बस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ । प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भईरहेको प्रनाउ कार्कीले वताए । साे टिनकाे बट्टामा ढुङ्गा हालेर राखिएकाे पाईएकाे छ ।

-