कोरोना संक्रमण भएर उपचाररत पूर्वरानी कोमललाई नर्भिक अस्पतालको आईसीयूमा सारिएको छ । अक्सिजन लेवल घटेपछि हिजो राति आईसीयू सारिएको अस्पताल स्रोतले जानकारी दियो ।
दिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए । लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण भएर सोही अस्पताल भर्ना भएकी छन् ।

अहिले पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणाको स्वास्थ्य भने स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । यद्यपि, पूर्वराजा पनि अक्सिजन सपोर्टमा नै छन् ।
‘पूर्वरानीलाई अक्सिजन बढाउनुपरेकोले आईसीयूमा सारिएको हो,’ स्रोतले भन्यो ‘अहिले उहाँको अक्सिजन लेवल ८७ को आसपास छ ।’

सामान्यतया अक्सिजन लेवल ९४ देखि १०० सम्म हुनुलाई स्वस्थ मानिन्छ । कोरोना संक्रमितको अक्सिजन लेवल लगातार ९० भन्दा तल झर्‍यो भने त्यसलाई चिन्ताका रूपमा लिने गरिन्छ ।
-नेपालप्रेस बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah