एजेन्सी । पैसा कमाउन को चाहँदैन र ? कोही मानिस दिनरात मेहनत गरेर पनि आफूले सोचेअनुरुप कमाउन सक्दैन । तर कोही यस्ता हुन्छन् कम मेहनत गरेर पनि लाखौं कमाउँछन् । तर चेल्सिया नाम गरेकी अष्ट्रेलियन युवतीले घर बसिबसी करोडौं कमाइरहेकी छन् । उनको नोकरी थाहा पाउँदा मानिसहरु अचम्मित हुन्छन् । उनको नोकरी निकै आरामदायी छ, मात्र उनले केही घन्टामा निकै पैसा पाउँछिन् ।
चेल्सियालाई प्रत्यक्ष हेर्नका लागि लाखौं मानिसहरु आउँछन् । उक्त स्ट्रिमिङको सब्स्क्रिप्शन, विज्ञापन र स्पोन्सरशिपबाट उनले पैसा पाउँछिन् । चेल्सियाका काम हो मात्र बस्नु हो र भिडियो गेम खेल्नु हो जसबाट उनले मोटो रकम प्राप्त गर्छिन् । उनले फार्मेसीमा विश्वविद्यालयबाट डिग्री गरेकी छन् । तर उनका अनुसार लाइभ स्ट्रिमिङबाट उनले जति कमाउँछिन्, त्यति उनले पढाईको बलले कमाउन सक्दिनन् ।
आफूले कमाएको पैसाले चेल्सियाले परिवारको खर्च धान्दै आएकी छन् । चेल्सिया गेमिंग वर्ल्डमा एक्समिंक्सको नामबाट चिनिन्छिन् । उनी भिडियो गेम खेल्दै आफ्नो लाइभ भिडियोको माध्यमबाट ६ अंकमा कमाउँछिन् अर्थात् एक घण्टामा १ देखि ९.९९ लाख डलरसम्म कमाउँछिन् । चेल्सियाको साँढे तीन लाखभन्दा बढी सब्सक्राइबर छन् ।










