नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्।

कोरोनाका कारण समयमा महाधिवेशन हुन नसकेपनि पार्टीसँग अन्य विकल्प नरहेको उनले बताए। संविधान अनुसार महाधिवेशन भदौमा हुनैपर्ने उनको धारणा थियो। शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले महाधिवेशन समयमा गराउन नखोजेको आरोपको खण्डन पनि गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना संक्रमण बढिरहेको बेला महाधिवेशनको कार्यतालिका अनुसार कार्य हुन नसकेको उनले बताए। उनले महामन्त्री डा शशांक कोइरालाको सल्लाह अनुसार केन्द्रीय समिति बैठक स्थगित गरिएको जनाए।

-नेपाल लाइभ बाट