मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

ताजगी र स्फूर्तिको अभाव रहनेछ। तपाई निकै क्रोधित रहनुहुनेछ। यसको परिणाम स्वरूप काम बिग्रन सक्ला। साथै रिसलाई नियन्त्रण गर्नुहोला। अफिसमा अधिकारी र कुटुम्ब तथा विरोधिसँग वादविवादमा पर्नुहुनेछ। मौन रहेर दिन बिताउनुहुनेछ। कुनै धार्मिक कार्यमा वा धार्मिक स्थानमा जाने अवसर आउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अत्यधिक कार्यभार र खानपानमा लापर्वाहीको कारण स्वास्थ्यमा समस्या आउन सक्ला। समयमा नै भोजन वा नसुत्नाले मानसिक रूपले बेचैनी अनुभव गर्नुहुनेछ। निर्धारित समयमा नै कार्य पूरा हुनेछैन। योग ध्यान र आध्यात्मिक पठनले राहत अनुभव गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मोज- मस्ती र मनोरंजनको प्रवृत्तिमा विशेष रुचि रहनेछ। कुटुम्ब, मित्र मंडल वा प्रिय व्यक्तिसँग बाहिर घुम्न जानुहुनेछ। सार्वजनिक जीवनमा मान प्रतिष्ठा वृद्धि हुनेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण बढ्नेछ। प्रणय प्रसंगमा पूर्व भूमिका निर्मित हुनेछ। सार्वजनिक जीवनमा मान- सम्मानको अधिकारी बन्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भगवानको आशिर्वादले दिन खुशी र सफल रहनेछ। परिवारमा सुख-शान्ति बनिरहनेछ। पेशा गर्ने व्यक्तिको लागि अफिसमा अनुकूल वातावरण रहनेछ। पेसावर्ग र माईति पक्षबाट लाभ मिल्नेछ। स्वास्थ्य शुभ रहनेछ। आर्थिक लाभ हुनेछ। आवश्यक खर्च हुनेछ। प्रतिस्पर्धिलाई परास्त गर्न सक्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक र मानसिक रुपले स्वस्थ रहेर काम गर्नुहुनेछ। सिर्जनात्मक प्रवृत्तिमा विशेष ध्यान रहनेछ। साहित्य र कला क्षेत्रमा केहि नयाँ सिर्जन गर्ने प्रेरणा मिल्नेछ। प्रेमी एवम् प्रिय व्यक्तिसँग भेट हुनेछ। सन्तानबाट शुभ समाचार मिल्नेछ। धार्मिक वा परोपकार कार्य गरेर मन आनन्दित रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईले प्रतिकूलताको सामना गर्नुपर्ने हुन्छ। शारीरिक स्वास्थ्यको सम्बन्धमा गुनासो रहनेछन्। मनमा चिन्ताको बोझ रहनाले मानसिक बेचैनी अनुभव गर्नुहुनेछ। पारिवारिक सदस्यसँग झगडा हुन सक्ला। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता उत्पन्न हुनेछ। पढाईको लागि अनुकुल दिन रहेको छ। स्थायी सम्पत्ति सम्बन्धित समस्या उत्पन्न हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

वर्तमान समयमा भाग्यवृद्धि हुनाले साहस र कार्य हातमा लिनको लागि शुभ समय रहेको छ। योग्य ठाउँमा लगानी गर्नुहोला। परिवारमा भाई- बहिनीसँग आत्मीयता र मेल- मिलाप रहनेछ। छोटो धार्मिक यात्राको आयोजन गर्न सक्नुहुनेछ। विदेशबाट शुभ सम्हार प्राप्त गर्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नकारात्मक मानसिक वृत्ति टाल्नुहोला। तपाई चुपचाप बस्नु नै उत्तम रहनेछ। पारिवारिक सदस्यसँग झगडा नगर्नुहोला। स्वास्थ्य सम्बन्धि गुनासो रहनेछ। अनावश्यक खर्च नगर्नुहोला। विधार्थीको पढाईमा अवरोध आउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

निर्धारित कार्यमा सफलता र आर्थिक लाभ होला। सपरिवार माँगलिक प्रसंगमा उपस्थित हुनेछन्। विशेष रूपले कुनै तीर्थयात्रामा जानुहुनेछ। आफन्तसँग भेट हुनाले हर्षित रहनुहुनेछ। दाम्पत्यजीवनमा निकटता र मधुरताको अनुभव गर्नुहुनेछ। समाजमा प्रसिद्दि र चर्चा वृद्धि हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक र आध्यात्मिक प्रवृत्तिमा अत्यधिक व्यस्त रहनुहुनेछ। पूजा- पाठ वा धार्मिक कार्यमा पैसा खर्च हुनेछ। आफन्त तथा परिवारसँग सम्हालेर। रहनुहोला कसैको बोलीले चोट पुग्न सक्छ। अधिक परिश्रमबाट पनि कम सफलता मिल्नाले निराशा उत्पन्न हुनेछ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्यको आयोजन हातमा लिनुहुनेछ। रोजगारमा लाभ हुनुको साथै अतिरिक्त आय वृद्दि हुनेछ। मित्र वर्ग, विशेष रूपले स्त्री मित्रबाट ल्लाभ मिल्नेछ। सामाजिक मंडलमा प्रसिद्दि र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ। श्रीमती र छोराबाट सुख र सन्तोष मिल्नेछ। भ्रमण र वैवाहिक संयोग निर्मित हुनेछ। तन-मनबाट आनन्दित रहनुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन शुभ फलदायक रहेको छ। कामको सफलता र उच्च पदाधिकारीको प्रोत्साहनले उत्साह बढाउनेछ । व्यापारीको व्यापार र आयमा वृद्धि हुनेछ। पिता एवम् वृद्दबात लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख- शान्ति रहनेछ। उन्नति हुने संयोग बन्नेछ। सरकारको तर्फबाट लाभ मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah