नेपालमा कोरोना संक्रमण दर शनिवार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको हो ।

यो हालसम्मकै उच्च संक्रमण दर हो । कोरोना सङ्क्रमणले शनिवार १९ जनाको मृत्यु भएसँगै १ हप्तामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ । हाल सरदर २०० जना प्रयोगशाला प्रमाणित संक्रमितमा १ जनाको मृत्यु भइरहेको छ । १ हप्तामा ३१ हजार ८०६ जना पीसीआर प्रमाणित संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७०६ जनामा संक्रमण पाइएको छ । १ दिनमा संक्रमण पुष्टि भएको यो संख्या पनि हालसम्मकै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकमा सक्रिय सङ्क्रमितको संख्या हरेक दिन एकदेखि डेढ प्रतिशतका दरमा बढिरहेको छ । हाल देशभरिमा कोभिडका ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित छन् ।

जुन कूल सङ्क्रमितको १३.१४ प्रतिशत हो । १ जना सङ्क्रमितले अन्य व्यक्तिलाई सार्ने दर समेत केही दिनयता भारतको दाँजोमा नेपालमा बढी देखिएको छ ।

कोरोना सङ्क्रमणले आईसीयू र भेन्टिलेटरमा जानेको संख्या पनि हरेक दिन बढ्दो छ । मुलुकभरमा शनिवार ४०१ जना आईसीयूमा र ११० जना भेन्टिलेटरमा गरी ५११ जना सघन उपचारमा छन् ।

काठमाडौं उपत्यकामा आईसीयूमा १३४ र भेन्टिलेटरमा ५६ जना छन् । साथै आजबाट सरकारले जारी निषेधाज्ञामा थप कडाई गरेको छ । आजबाट पत्रकारलाई सूचना तथा प्रसारण विभागको कार्ड अनिवार्य गरिएको छ ।

हिजो बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो ।

प्रेस कार्डको दुरुपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ । यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पुग्ने थियो ।

यसैगरी बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय गरेको छ ।
-आजकोआर्थ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah