मुख्य खबर

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री


  बुटवल   सवाल नेपाल   २०७८ बैशाख २०, ०८:१९

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन्।

चौधरी र रिजाल एमाले सांसद हुन्। पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन्। रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त नवनियुक्त मन्त्रीले आजै  पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। 

पाण्डे र यादव यसअघि जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री भएका थिए। तर, उनीहरूलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ।
-हिमालखबर बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु