प्रदेश १

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५९८ सवारी नियन्त्रणमा(फोटो फिचर सहित )


  काठमाडौं   सवालनेपाल   २०७८ बैशाख २०, १७:१४

प्रहरीले सोमबार झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५९८ सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ५३६ वटा मोटरसाइकल र ६२ वटा चारपाङ्ग्रे सवारीसाधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोरोनाको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले १९ गते मध्यरातबाट लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ ।

२६ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा अवधिभर जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको नीजि तथा सार्वजनिक सवारीसाधन संचालन गर्न दिने भनेपनि आज बिजोर नम्बरको सवारीसाधन संचालन गरेकाले नियन्त्रणमा लिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

पक्राउ परेका सवारीसाधन चालकलाई कोरोना भाइरस र निषेधाज्ञाको बिषयमा जानकारी गराएर आजै ५ बजेपछि जिम्मा लगाइने उनले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु