भोलि वैशाख २१ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !
बैशाख २०, २०७८SLP

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

घर, परिवार र सन्तानको मामिलामा आनन्द र सन्तोषको भावनाको अनुभव हुनेछ। आफन्त र मित्रले घर घेरिनेछ। व्यापार-धन्दाको सम्बन्धमा भ्रमण हुनेछ। व्यवसायको क्षेत्रमा लाभ, मान र प्रतिष्ठा प्राप्ति हुनेछ। पेसामा पदोन्नति हुने योग रहेको छ। आगो र पानीबाट बच्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापारीको लागि शुभ दिन रहेको छ। नयाँ कार्य हातमा लिनुहुनेछ। आर्थिक लाभ प्राप्त गर्न सकुहुनेछ। विदेशमा रहने मित्र वा आफन्तको समाचार प्राप्त हुनेछ। लामो दूरीको यात्रा हुने योग रहेको छ। तीर्थ यात्रा हुन सक्ला। अत्यधिक कामको बोझ थकान र अल्छिपन अनुभव गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अनियन्त्रित रिसलाई नियन्त्रण गर्नुहोला। बदनामी र निषेधात्मक विचारबाट टाढा रहनुहोला। अत्यधिक खर्चबाट आर्थिक तनाव अनुभव गर्नुहुनेछ। पारिवारिक सदस्य र अफिसमा सहकर्मीसँग मनमुटाव वा विवादको प्रसंग बन्नेछ। जसकारण मन खिन्न रहनेछ। बिरामी व्यक्तिले शल्यक्रिया नगर्नुहोला। भगवानको प्राथना र पुजा र आध्यात्मिकताले शान्ति अनिभव गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन सामाजिक र व्यावसायिक क्षेत्रमा लाभदायक साबित उनेछ। मोजशोकको साधन, उत्तम आभूषण र कपडाको खरिद गर्नुहुनेछ। मोजमस्ती र मनोरंजनको प्रवृत्तिमा समय बिताउनुहुनेछ। साथै विपरीत लिंगीय व्यक्तिसँग रोमांचित भेटले सुख अनुभव गर्नुहुनेछ। दाम्पत्यजीवनमा प्रेमको अनुभूति हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

उदासीन वृत्ति र शंकाको बादल मनमा घेर्नाले मानसिक राहत अनुभव गर्नुहुनेछ। घरमा शान्तिको वातावरण रहनेछ। दैनिक कार्यमा अवरोध आउनेछ। अधिक परिश्रमपछि अधिकारीसँग वाद- विवादमा नपर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

चिंता, उद्वेगपूर्ण दिनको कारण कुनै न कुनै मनमा चिन्ता रहनेछ। विशेष रूपले सन्तान र स्वास्थ्यको बारेमा अधिक चिन्तित रहनुहुनेछ। पेट सम्बन्धि समस्या रहनेछ। विधार्थीको पढाईमा कठिनाइ आउनेछ। आकस्मिक धन खर्च हुन् सक्छ। प्रिय व्यक्तिसँग भेट हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अत्यधिक भावनाशील बन्नुहुनेछ र त्यसकारण मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। यात्राको लागि वर्तमान समय अनुकूल रहेको छैन। कुटुम्बिक र सम्पत्ति सम्बन्धित चर्चामा सावधान रहनुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कार्य सफलता, आर्थिक लाभ र भाग्यवृद्धिको लागि शुभ दिनर हेको छ। नयाँ कार्यको सुरुवात गर्न सक्नुहुनेछ। भाई-बन्धुको व्यवहार अधिक सहयोगपूर्ण र प्रेमपूर्ण रहनेछ। प्रतिस्पर्धिलाई परास्त गर्न सक्नूहुनेछ। प्रियव्यक्तिसँग भेट हुनाले मन आनन्द अनुभव गर्नेछ। लघु यात्रा हुनेछ। स्वास्थ्य स्वस्थ रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

द्विधायुक्त मनःस्थिति र अल्झिएको पारिवारिक वातावरणको कारण समस्या अनुभव गर्नुहुनेछ। निरर्थक पैसा खर्च हुनेछ। ढिला भएपनि कार्य पूरा हुनेछ। महत्त्वपूर्ण निर्णय लिनु राम्रो रहनेछ। पारिवारिक सदस्यसँग गलत धारणालाई टाल्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ईश्वरको नाम स्मरण गरेर दिनको शुभारम्भ गर्नुहुनेछ। धार्मिक कार्य र पूजा पाठ हुनेछ। घरायसी जीवनमा आनन्दमय वातावरण रहनेछ। तपाईको हरेक कार्य सरलताले पूर्ण हुनेछ। मित्र वा आफन्तको तर्फबाट उपहार मिल्नेछ। शारीरिक, मानसिक रूपले प्रफुल्लित रहनुहुनेछ। पेसा वा व्यवसायमा अनुकूल परिस्थिति रहनेछ। दाम्पत्यजीवनमा परमानन्दको अनुभव गर्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कुनै जमानत नहुनाले पैसाको लेन-देन नगर्नुहोला। खर्च वृद्धि हुनेछ। स्वास्थ्यको मामिलामा ध्यान राख्नुहोला। परिवारसँग संघर्षमा उत्रिने अवसर आउनेछ। कसैसँग गलत धारणा हुनाले झगडा हुन सक्ला। क्रोधलाई नियन्त्रणमा राख्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको लागि लाभदायक दिन रहेको छ। पेसा व्यवसायको क्षेत्रमा आय वृद्धि हुनेछ। वृद्द र मित्रको तर्फबाट केहि लाभ मिल्नेछ। नयाँ मित्र बन्नेछ। माँगलिक अवसरमा जानुहुनेछ। सन्तान र श्रीमतीको तर्फबाट शुभ समाचार मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah