मुख्य खबर

देशका धेरै ठाउँको मौसम बद्ली, अहिले प्रदेश-१ र २ मा वर्षा


  काठमाडौ   सवाल नेपाल   २०७८ बैशाख २१, ०८:०३

काठमाण्डाै – अहिले प्रदेश-१ र २ का केही ठाउँमा पानी परिरहेको मौमसविद्ले बताएका छन् ।

यी दुई प्रदेशमा बिहानदेखि पानी पर्न सुरु भएको र अहिले बिस्तारै कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले प्रदेश एक र दुईमा पूर्ण र बाँकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बद्ली रहेको र दिउँसो पनि देशका धेरैजसो पहाडी भेगमा पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताउनुभयो ।

आज राति भने देशभर नै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली, न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज र भोलि मौसम पूर्णदेखि आंशिक बद्ली रही देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

पर्सि भने देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा फाट्टफुट्ट र केही ठाउँमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु